सदरलाइनडटकम,
अछाम : अछामस्थित अपर कर्णाली जलविद्युत् आयोजनाको कार्यालयमा बम विस्फोट भएको छ । अछामको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानमा रहेको सम्पर्क कार्यालयमा शनिवार बिहान ४ बजे प्रेशर कुकर बम विस्फोट भएको प्रहरिले बताएको छ ।
स्थानीय दीपक बिसीबाट भाडा लिएर उक्त आयोजनाले कार्यालय सञ्चालन गरिरहेको घरमा बम विस्फोट भएको हो । विस्फोटबाट ढुंगामाटोले बनेको घर र नजिकैको शौचालय भत्किएको छ भने एउटा मोटरसाइकलमा समेत आगजनी भएको अछाम प्रहरी प्रमुख प्रहरी नयाब उपरीक्षक जनक शाहीले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको छ ।
घटनामा संलग्न समूहको खोजीका लागि ठूलो मात्रामा प्रहरी परिचालन गरेको छ । प्रहरी नयाब उपरीक्षक शाहीका अनुसार जिल्ला प्रहरी कार्यालय र घटनास्थल आसपासका प्रहरी कार्यालयहरूबाट ४० जना प्रहरी परिचालन गरिएको छ ।
Next Post
भारतसँग वार्ता गर्न पाकिस्तानको प्रस्ताव
२५ जेष्ठ २०७६, शनिबार १५:२८
सम्बन्धित
-
५ मंसिर २०७९, सोमबार १३:४७
बैतडीमा जीप दुर्घटना हुँदा चार प्रहरीको मृत्यु, आठ घाइते
-
२७ बैशाख २०७९, मंगलवार १७:४३
वडाध्यक्षका उम्मेदवार चौधरीको निधन
-
१४ जेष्ठ २०७६, मंगलवार १५:२८
अन्तर्राष्ट्रीय महिनावारी स्वच्छता दिवस मनाईंदै
-
१२ फाल्गुन २०८०, शनिबार १७:३६
प्राकृतिक वासस्थानमै ‘घडियाल’लाई खतरा
-
१७ बैशाख २०७७, बुधबार १५:३२
विभिन्न निर्णय गर्दै बाँकेमा सर्वदलीय बैठक सम्पन्न
-
२ जेष्ठ २०७६, बिहीबार १७:५३
बिपन्न परिवारलाई कतार च्यारिटीद्वारा सहयोग