लुम्बिनी सरकारमा तीन मन्त्री थपिए

सदरलाइन संवाददाता ८ कार्तिक २०८१, बिहीबार १८:३८
 

बुटवल : नयाँ सत्ता समिकरणका सहमती अनुसार लुम्बिनी प्रदेश सरकारमा तीन जना मन्त्री थपिएका छन् । दलभित्रको आन्तरिक किचलोको कारण विवादमा रहँदा नियुक्त हुन नसकेका मन्त्रालयको जिम्मेवारीका लागि नेतृत्व चयन गरिएको हो ।

नयाँ थप भएका मन्त्रीहरुमा नेपाली कांग्रेसका दुई र जनता समाजवादी पार्टीका एक गरी तीन जना मन्त्री थपिएका हुन् ।

कांग्रेसभित्रको आन्तरिक किचलोले रोकिएको मन्त्रिपरिषद् विस्तारको टुंगो बुधबार मात्रै लागेको थियो । नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा कुरा नमिल्दा अझै एक मन्त्रालय मुख्यमन्त्रीकै जिम्मामा छ ।


नेपाली कांग्रेसबाट बर्दियाबाट निर्वाचित जन्मजय तिमिल्सीनाले सामाजिक विकास मन्त्रालय, नवलपरासीबाट निर्वाचित देवकरण कलवारले वन तथा वातावरण मन्त्रालय र बाँकेको निर्वाचन क्षेत्र नम्बर २ ख बाट निर्वाचित जनता समाजवादीका आदेशकुमार अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले बिहीवार बिहान उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका हुन । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथग्रहण गराइएको थियो ।

सत्ता साझेदार नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सांसदहरूको सत्ता यात्रामा यसपटक भने ब्रेक लागेको छ । उनीहरूलाई अर्को चरणमा सहभागी गराइने सत्ता साझेदार दलहरूबीच सहमती भएको छ ।

सत्ता साझेदारहरूका बीचमा एमालेलाई मुख्यमन्त्री सहित पाँच नेपाली कांग्रेसलाई पाँच र अन्य साना दललाई दुई मन्त्रालय दिने सहमती भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोशी प्रदेशको मर्मतसम्भार तथा पुनःनिर्माण कोषमा करुणा फाउण्डेशनको १० लाख सहयोग

८ कार्तिक २०८१, बिहीबार १८:३८
विराटनगर : प्रदेश सरकारको मर्मतसम्भार तथा पुनःनिर्माण कोषमा करुणा फाउण्डेशनले १० लाख रुपैयाँ सहयोग गरेको छ । कोशी प्रदेश सरकारले गत असोज १२ र १३ गतेको वर्षाले भएको क्षतिको पुननिर्माण गर्न स्थापना गरेको कोषमा फाउण्डेशनले सहयोग गरेको हो । आज एक कार्यक्रमका बीच करुणा फाउण्डेशनका कार्यकारी निर्देशक दिपकराज सापकोटा र […]

सम्बन्धित