किसानहरूको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दशरथ घिमिरे ८ माघ २०८१, मंगलवार १८:४६
 


दाङ  :   लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार किसानको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध रहेको बतथाएका छन् ।

दाङ्गको गढवामा बाख्राको पहिलो पुस्ता उपहार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले किसानको जीवनस्तर सुधार्नका प्रदेश सरकारले प्राथमिकतामा राखेर उत्पादन बढाउन र बजारीकरणमा साझेदारी गरिरहेको बताएका हुन ।

‘प्रदेश सरकार किसानहरुको साथमा छ । उत्पादनमा जोडिन जरुरी छ । यसमा प्रदेश सरकारले साझेदारी कार्यक्रम बनाउछ’–उनले भने–‘मेहनत गर्ने किसानको पक्षमा सरकार छ । ढुक्क भएर उत्पादनमा लाग्नुस ।’

गढवा गाउँपालिकाले गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना सञ्चालन गरेको छ । यहि परियोजना अन्तर्गत १०३ किसानले बाख्राको पहिलो पुस्ता उपहार गरेका हुन ।


मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले आगामी वर्ष धेरै पालिकासँग साझेदारी गरेर किसानहरूको जीवनस्तर उकास्न कार्यक्रम अघि बढाउने जानकारी समेत दिए । उद्यमी महिलाहरूलाई पनि उत्पादन प्रक्रियामा समावेश गराई आत्मनिर्भर बनाउन सरकारले विशेष प्रयास गरिरहेको उनले उल्लेख गरे ।

उत्पादन भएका कृषिजन्य उपजको बजारीकरण गर्न संकलन केन्द्रहरू उपयोगी हुने र आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रमहरू महत्वपूर्ण रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ । उनले थप स्पष्ट पार्दै भने–‘भोकालाई एक छाक भोजन हैन, जीउने जुक्ति सिकाउनु पर्छ । यो महान उदेश्यलाई पूरा गर्न सबैले ध्यान दिनुपर्ने छ ।’

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शारदाकुमारी चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष बावुराम अधिकारी, हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत महेश आचार्य लगायतले सम्बोधन गर्दै किसानहरूलाई आत्मनिर्भर बनाउन र ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

गढवा सामाजिक उद्यमि महिला सहकारी संस्थाका अध्यक्ष शोभा रावतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कार्यक्रम संयोजक बसन्तकुमार शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिक्षाको गुणस्तर सुधार्न अभिभावकले कडा निगरानी राख्नुपर्छःमुख्यमन्त्री आचार्य

८ माघ २०८१, मंगलवार १८:४६
दाङ  :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्न अभिभावकले कडा निगरानी राख्नुपर्ने कुरामा जोड दिएका छन् । उनले मंगलबार राजपुर गाउँपालिका–५, गंगदीस्थित साधारण नमुना माध्यमिक विद्यालयको नवनिर्मित शैक्षिक भवनको उद्घाटन गर्दै सो कुरा बताएका हुन । यो भवन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुदान सहयोगमा निर्माण […]