लुम्बिनी प्रदेश सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी : मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता ६ माघ २०८१, आईतवार १३:२७
 

देउखुरी  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी बनाइएको बताएका छन् । उनले सरकारका नीति, कार्यक्रम र कार्ययोजनाका बारेमा जनताले जानकारी पाउनु आफ्नो नैसर्गिक अधिकार भएको बताए ।

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित प्रवक्ता तथा सूचना अधिकारीहरूका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उनले जनताको सुसूचित हुने अधिकारलाई सम्मान गर्दै हरेक सरकारी क्रियाकलाप जनतासमक्ष पु¥याउनुपर्ने आवश्यकता औंल्याए । उनले सरकारका हरेक कदम स्पष्ट, छरितो र प्रभावकारी रूपमा जनतासमक्ष पु¥याउनु आजको समयको माग भएको बताए ।

मुख्यमन्त्री आचार्यले सरकारका हरेक कार्यहरूमा पारदर्शिता आवश्यक भएको भन्दै जनताले छर्लङ्ग देख्न पाउने वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे । उनले जनताको माग बमोजिम सूचना उपलब्ध गराउन ढिलासुस्ती नगर्न र सूचना प्रवाहमा हुने आनाकानी तथा अपारदर्शी प्रवृत्तिलाई अन्त्य गर्नुपर्नेमा जोड दिए ।

‘सरकारले जनताको हितका लागि काम गर्छ । हामी जनताको ऐना हौं । हाम्रो कार्यशैली र उपलब्धि स्पष्ट रूपमा जनताले देख्न पाउनुपर्छ’–उनले भने–‘सरकारको कामलाई पारदर्शी र भष्ट्राचार मुक्त बनाउन सूचनाको हकलाइ प्रभावकारी कार्यान्वयन गरिनुपर्छ ।’


उनले सुशासन प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरणलाई प्राथमिकतामा राख्दै मुख्यमन्त्री कार्यालयबाट सूचना अधिकारी तोक्न निर्देशन दिइसकेको जानकारीसमेत दिए । उनका अनुसार सूचना व्यवस्थापनमा सुधार ल्याएर जनतासमक्ष सरकारका काम पु¥याउनै पर्नेछ । सूचना माग गर्दा अप्ठ्यारो महसुस नगरी समयमै सूचना उपलब्ध गराउन निर्देशन दिँदै यो कार्य सरकारलाई सच्चिन र सुध्रिन सहयोगी हुने धारणा राखे ।

उनले पारदर्शिता र जनउत्तरदायित्वको माध्यमबाट जनताको विश्वास जित्न सरकारले गम्भीर भूमिका खेल्नुपर्ने बताउदै सरकारका नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी बनाउँदै जनताको अपेक्षालाई सम्बोधन गर्ने दिशामा काम गर्न सबै सरकारी निकायहरू सचेत हुनुपर्नेमा जोड दिए । सूचना व्यवस्थापनमा हुने ढिलासुस्तीले जनतामा नकारात्मक धारणा उत्पन्न हुने भएकाले यसलाई तत्काल अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

अभिमुखीकरण कार्यक्रममा सहभागी अधिकारीहरूले सूचना प्रवाहलाई व्यवस्थित गर्दै जनउत्तरदायी शासन प्रवद्र्धन गर्न सरकारका पहललाई साथ दिने प्रतिवद्धता जनाएका थिए । मुख्यमन्त्री आचार्यले कार्यक्रममा सहभागी सबै अधिकारीहरूलाई आफ्नो जिम्मेवारीप्रति गम्भीर रहन र जनताको हितमा थप सक्रिय हुन निर्देशन दिए । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यको उपस्थितिमा प्रदेश सरकारले कार्यक्रम गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी केन्द्र खजुराको तेस्रो अधिवेशनको उद्घाटन अध्यक्ष प्रचण्डले गर्ने

६ माघ २०८१, आईतवार १३:२७
नेपालगञ्ज : माओवादी केन्द्र खजुरा गाउँपालिकाको तेस्रो पालिका अधिवेशन उद्घाटन सत्र खजुराको शिव कालिका खेल मैदानमा आयोजना गरिने भएको छ । आगामी माघ १०–१३ गतेसम्म सञ्चालन हुने सो पालिका अधिवेशनको पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले गर्ने तय भएको मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईएको छ […]