लुम्बिनी प्रदेशका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी

सदरलाइन संवाददाता ९ माघ २०८१, बुधबार १७:१३
 

दाङ: लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी बावुराम अधिकारीले सम्हालेका छन । बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका(देउखुरी)मा प्रमुख सचिव अधिकारीको स्वागत गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अणप्रसाद न्यौपाने, ईश्वरराज पौडेल लगायत कर्मचारीहरुले प्रमुख सचिव अधिकारीको स्वागत गरे ।

जिम्मेवारी सम्हाल्दै प्रमुख सचिव अधिकारीले स्थानीय निजामती सेवा नियमावलीको मस्यौदा तर्जुमा र प्रदेश निजामती सेवा नियमावली, २०८० मा आवश्यक संशोधनका लागि कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन ।


स्थानीय निजामती सेवा ऐन २०८१ तर्जुमा र प्रदेश निजामती सेवा ऐनमा आवश्यक संशोधन भइसकेको छ । अव दुवै ऐन कार्यान्वयनको लागि नियमावली बनाउन थालिएको हो ।

प्रदेश सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ । जसका सदस्यहरुमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारी प्रशासन शाखाका उपसचिव, शासकीय सुधार तथा समन्वय शाखाका उपसचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव सदस्य र मुख्यमन्त्री कार्यालयका कानून उपसचिव सदस्य सचिव रहेका छन ।

यसअघि अधिकारी उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालय सिंहदरबारमा कार्यारत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाक्लो हुस्सुका कारण तराईको जनजीवन प्रभावित

९ माघ २०८१, बुधबार १७:१३
नेपालगञ्ज  :  केहीदिन यता बाँके लगायत तराईका जिल्लाहरुमा शीतलहर सहितको बाक्लो हुस्सु लागेका कारण जनजीवन अत्यन्तै कष्ठकर बन्दै गएको छ । बिहानैदेखि बाक्लो हुस्सुका कारण सवारी साधन चल्न पनि कठिन भएकोछ । बाक्लो हुस्सु लागेका कारण ‘भिजीबिलिटी’ कम हुँदा बिहानैदेखि बाँकेको नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ । बिहानैदेखिको […]