यसरी मनाईयो नेपालगन्जमा छठ पूजा फोटो कथा सहित

२२ कार्तिक २०७३, सोमबार ०३:५८
 

सदरलाइनडटकम  IMG_1684
२२ कात्तिक, नेपालगन्ज : छठ पूजाको लागि आवश्यक घाटको प्रयाप्त स्थान नभए पनि नेपालगन्जमा छठ पूजा धुमधामका साथ सम्पन्न भएको छ । हरेक वर्ष छठ पूजा गर्ने भक्तजन बढ्दै गर्दा बोगश्वरी तलाउलाई व्यवस्थित गर्दै छठ पूजा गरिनु पर्ने भक्तजनहरुको माग छ ।
बागेश्वरी मन्दीरको तलाउमा छठी देवीको आराधाना गर्ने भक्तहरुले हिजो आईतबार साँझ अस्ताउदो सूर्यलाई अर्घ दिएर रातभर तलाउको किनारामा भजन कृतनको आयोजना गरेर जाग्राम गरी विहान उदाउदो सूर्यलाई अर्घ दिएर छठ पूजा सम्पन्न गरेका छन् । आईतबारदेखि नै बागेश्वरी मन्दीरमा रहेको तलाउमा भक्तजनहरुको भिड रहेको थियो ।
पूजाको बेला कुनै अपृय घटना हुन नदिनको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका उद्दारटोलीलाई लाईफ ज्याकेटका साथ तैनाथ गरिएको थियो ।दसैं तिहार जस्तै तराईवासीका लागि छठ पर्वको विशेष महत्व रहने नेपालगन्ज–१७ का विरेन्द्र यादवले बताए । आईतबार साँझ नजिकैको जलासायमा स्नान गरेर अस्ताउँदै सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बसेर आज सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गर्ने चलन छ । छठ माता र सूर्यको पूजा गर्नाले सुख, शान्ति, समद्धि, दीर्घायु साथै छालाको रोग हट्ने धामिर्क मान्यता रहेको उनले बताए ।
हरेक वर्ष छठ पर्व मनाउने श्रद्धालु भक्तजन बढ्दै गएको बेलामा बागेश्वरी मन्दीको तलाउमा छठको लागि घाट व्यवस्थित गर्न नसेकोको कारण भक्तजन तथा पूजा गर्ने श्रद्धालुलाई कठिन भएको उनले गुनासो गरे । छठमा गहुँको पिठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसारजस्ता परिकार र विभिन्न किसिमका गेडागुडी, जटा नरिवल, कागती, अदुवा, उखु, केरालगायतलाई प्रसादको रुपमा चढाउने र पूजा पछि आपसमा बाँड्ने चलन रहेको छ । छठको अवसरमा छठी मईया पूजा समितिले बागेश्वरी तलाउको किनारमा रातभर भजन कृतन तथा जागरणको आयोजना गरेको थियो । फोटो रुद्र सुवेदी/सदरलाइन 


IMG_1783 IMG_1799 IMG_1597 IMG_1610 IMG_1615 IMG_1621 IMG_1623 IMG_1639 IMG_1648 IMG_1657 IMG_1659 IMG_1664 IMG_1666 IMG_1672 IMG_1682  IMG_1687 IMG_1689 IMG_1708 IMG_1724 IMG_1727 IMG_1735 IMG_1749 IMG_1750 IMG_1756 IMG_1780

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पैंतीस वर्षपछि डाँडामा खानेपानी पुग्दा सुर्खेत गढीबासी दंग (फोटो कथा सहित)

२२ कार्तिक २०७३, सोमबार ०३:५८
  रुद्र सुवेदी/सदरलाइन,  २२ कात्तिक, (गढी) सुर्खेत : खानेपानीको अभावको कारण झण्डै मानव बस्ती बिहीन अवस्थामा पुगेको सुर्खेतको पूरानो सदरमुकाम गढी यतिबेला सबैको सबैको आकर्षणको केन्द्र बन्न थालेको छ । प्राकृतिक मनोरम दृष्यसंगै गढीका घरघरमा खानेपानीको धारा पुगेपछि आकर्षणको केन्द्र बनेको हो । सुर्खेत जिल्ला कै सदरमुकाम रहेको गढी खानेपानीको अभावका […]