![](https://sadarline.com/wp-content/uploads/2021/06/191574547_4004286472980288_2190004215543313451_n.jpg)
नेपालगञ्ज: कोरोना कहरको महामारीमा मदन बाबा भक्तिकेन्द्र बाँके शाखाले बाँकेमा रहेर फ्रन्टलाईनमा काम गरिरहेका विभिन्न सन्चारकर्मी, सुरक्षाकर्मी र जिल्ला प्रसाशन कार्यालयका कर्मचारीलाई माक्स र सेनिटाईजर लगायतको स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ ।
भक्ति केन्द्रले मंगलबार जिल्ला प्रसाशन कार्यालय बाँकेका कर्मचारी, कारागारका कैदीबन्दी थुनुवा, पत्रकार महासंघ बाँके, नेपाल प्रहरीको महिला सेललाई गरी २ सय १ पाकेट मास्क र सेनिटाईटजर हस्तान्त्रण गरिएको हो ।
भक्तिकेन्द्रका साचिव गंगा न्यौपानेले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाललाई हस्तान्त्रण गरेकी हुन । सचिव न्यौपानेले सम्बन्धित सबैलाई विभिन्न स्थानमा पुगेर स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेकी थिईन ।
बितरण गरिएको सो सामाग्री बिभिन्न सहयोगी हातहरुको सहयोगमा खरिद गरिएको भक्ति केन्द्रकी सचिव न्यौपानेले त्रीभुवन मावि कोहलपुरमा अध्ययनरत पुराना विद्यार्थी सहपाठीहरु जीवन भण्डारी, चेतन पटेल, केशब सिग्देल, बसन्त सिग्देल, रतन चन्द, कमला आचार्य, सुनिता पोख्रेल र सुकलाल न्यौपानेको आपसी सहयोगबाट संकलित रकमले खरिद गरिएको स्वास्थ सामाग्री वितरण गरिएको जानकारी दिईन ।