माओवादी केन्द्र खजुराको तेस्रो अधिवेशनको उद्घाटन अध्यक्ष प्रचण्डले गर्ने

सदरलाइन संवाददाता ८ माघ २०८१, मंगलवार १८:१६
 

नेपालगञ्ज : माओवादी केन्द्र खजुरा गाउँपालिकाको तेस्रो पालिका अधिवेशन उद्घाटन सत्र खजुराको शिव कालिका खेल मैदानमा आयोजना गरिने भएको छ ।

आगामी माघ १०–१३ गतेसम्म सञ्चालन हुने सो पालिका अधिवेशनको पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले गर्ने तय भएको मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईएको छ ।

खजुरा गाउपालिका कमिटीका अध्यक्ष राजकुमार विकको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पालिका अधिवेशनलाई भ्रष्टचार बिरुद्धको खबरदारी सभाको रुपमा लगिने गरी तयारी अघि बढाईएको बताईएको छ ।


पार्टी अध्यक्ष दाहालले यसअघि खजुरा क्षेत्रमा रहेका जनयुद्धका शहिद परिवारजनसंग अन्तरक्रिया गर्ने, जनता नमुना मावि परिसरमा निर्माण गरिएको शहिद बाटिकाको उद्घाटन गर्ने जस्ता कार्यक्रम तय भएका छन् ।

२ सय बढी प्रतिनिधि पर्यवेक्षकको सहभागिता रहने सो कार्यक्रममा पार्टीका शहिद परिवार र जेष्ठ कम्युनिष्ठ मञ्चका सदस्यहरुलाई सम्मन गरिने अध्यक्ष बिकले जानकारी दिए ।

कार्यक्रममा पार्टीका जिल्ला ईन्चार्ज तथा पोलिटव्यूरो सदस्य पूर्णा सुवेदी, केन्द्रीय सदस्य कृष्णा केसी नमुना, प्रदेश सचिवालय सदस्य डम्बर बिक तुफान, जिल्ला अध्यक्ष नरेन्द्र पाण्डे जेम्सलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

किसानहरूको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

८ माघ २०८१, मंगलवार १८:१६
दाङ  :   लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार किसानको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध रहेको बतथाएका छन् । दाङ्गको गढवामा बाख्राको पहिलो पुस्ता उपहार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले किसानको जीवनस्तर सुधार्नका प्रदेश सरकारले प्राथमिकतामा राखेर उत्पादन बढाउन र बजारीकरणमा साझेदारी गरिरहेको बताएका हुन । ‘प्रदेश सरकार किसानहरुको […]

सम्बन्धित