कालिकोटमा सरकारी गाडिको दुरुपयोग पढ्न थालेपछि स्थानीय प्रशाशनको कडाई

१६ चैत्र २०७४, शुक्रबार ११:२०
 

 सदरलाइन /विश्वनाथ सिम्खाडा  

 १६ चैत, कालिकोट  : कालिकोटमा सरकारी सवारी साधनको दुरुपयोग बढ्न थालेपछि स्थानीय प्रशासनले कडाई गरेको छ । सार्वजनिक बिदामा समेत अत्याधिक मात्रामा सरकारी सवारी साधन प्रयोगमा आउन थालेपछि स्थानीय प्रशासनले कडाई गर्दै त्यस्ता सवारी नियन्त्रणमा लिन थालेको छ ।

 बिना पास बिदामा समेत सरकारी सवारी साधन आफ्नो नीजि प्रयोजनका लागि र अरुलाई नै प्रयोगका लागि दिन थालेपछि त्यस्ता सवारी नियन्त्रणमा लिन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका प्रहरी सहायक निरिक्षक नन्दाराम जैसिले जानकारी दिए ।

 कालिकोटका धेरै जसो गाउँपालिका तथा नगरपालिकाका सरकारी मोटरसाईकल बिना पास अर्कै व्यक्तिले प्रयोग गरि रहेको अवस्थामा त्यस्ता साधनलाई नियन्त्रणमा लिने गरिएको प्रहरी सहायक निरिक्षक जैसिले बताए । उनले भने–‘सरकारी गाडिको दुरुपयोग बढ्न थालेको जन गुनासो आएपछि चेकिङमा कडाई गर्दै पास विना र असम्बन्धित व्यक्तिले चलाएको पाएमा नियन्त्रणमा लिने गरेका छौ ।’


 उनले यस्ता खालको दुरुपयोग भएको फेलापरेमा ५ सयदेखि एक हजारसम्म जरिवाना लिने गरेको बताए । कालिकोटमा सरकारी र सार्वजनिक विदामा समेत सरकारी गाडिको दुरुपयोग सवारी साधन चलाउन सिक्ने, विवाह, बरखी, मलामी र वनभोजमा समेत प्रयोग गर्ने गरेको सुचना आएकाले त्यस्ता सवारी साधनको निगरानिमा ट्राफिक प्रहरी रहेको उनले बताए ।

 कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले सरकारी सवारी साधन सरकारी काम काजको लागि सरकारी कार्यालय खुलेको समयमा मात्र प्रयोग गर्न पाईने भए पनि कार्यलय समय भन्दा बाहिर असम्बन्धित व्यक्तिले प्रयोग गरेको जनगुनासो आएकोले कडाई गरिएको बताए । उनले कार्यलय प्रयोजनको लागि पनि चलाउन परे अघिपछि भन्दा बिदाको दिनमा सरकारी कामकै लागि चलाउनु परे जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने प्रावधान रहेको जानकारी दिए ।फोटो गुगल

Next Post

महिला तथा बालबालिका सेलको आईजिपीद्धारा उद्घाटन

१६ चैत्र २०७४, शुक्रबार ११:२०
सदरलाइनडटकम १६ चैत, नेपालगन्ज  : नेपाल प्रहरीका महानिरिक्षक प्रकाश अर्यालले शुक्रबार नेपालगन्जमा महिला तथा बालबालिका सेवा केन्द्रको आधुनिक भवनको उद्घाटन गरेका छन् । नेपाल सरकार र एशियाली विकास बैंक सहयोगमा झण्डै डेढ करोड लागतमा निर्माण भएको भवनको प्रहरी महानिरिक्षक अर्यालले उद्घाटन गरी सेललाई हस्तान्तरण गरे । सो कार्यक्रममा बोल्दै प्रहरी […]

ताजा अपडेट