क्वारेन्टाइन व्यवस्थापन लगायतमा युवा नेता खत्रीको ६ बुँदे सुझाव

१८ जेष्ठ २०७७, आईतवार ११:०७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमण तीब्र रुपले बृद्धि भई रहेको बेलामा युवा नेता रत्न खत्रीले सरोकारवालालाई विभिन्न छ बुँदे सुझाव दिएका छन् ।

नेकपा बाँकेका संगठन विभाग प्रमुख तथा कोरोना संक्रमण नियन्त्रणका लागि पार्टी निर्देशनमा खजुरा गाउँपालिकामा समन्वयकर्ताको रुपमा खटिएका नेता खत्रीले क्वारेन्टाईन ब्यवस्थापनका लागि ६ बुँदे सुझाव दिएका हुन ।

खजुरा गाउँपालिका भित्र बनेका क्वारेन्टाइनहरूको स्थलगत अनूगमनपछि खत्रीले क्वारेन्टाईन सुधार, त्यहाँ बसिरहेकाहरुलाई राहत तथा अन्य ब्यवस्थापनका लागि सरोकारवालालाई आफुले देखेको सुझाव दिएको बताए ।

  • उनका सुझावहरु यस प्रकार छन्

१ क्वारेन्टाइन व्यवस्थापनमा स्थानीय समूदायको साथ, सहयोग र क्रियाशिलता प्रेरणादायी छ । स्थानीय युवाहरू स्वयमसेवकको रूपमा क्वारेन्टाइन व्यवस्थापनमा फ्रन्टलाइनमा रहेका छन् । म ती युवाहरू सहित क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरूको कोरोना भाइरस विमा गर्नका लागि स्थानीय सरकारसँग माग गर्दछु ।

२. वडा कार्यालय तथा सम्बन्धित क्वारेन्टाइन व्यवस्थापन समितिसँग भारतबाट आएका र आउनेहरूको तथ्यांक अपडेटेड छ । ती तथ्यांकका आधारमा क्वारेन्टाइनहरूको संख्यादेखि लिएर त्यहाँ चाहिने सरसामानको अहिलेबाट नै व्यवस्थापन गर्नु जरूरी छ ।


३. क्वारेन्टाइनमा बसेकाहरू भारतबाट आएका श्रमिकहरू हुन् । उनीहरूको आर्थिक क्षमता कमजोर छ । ती युवाहरूलाइ रोजगारीका अवसरहरू प्रदान गर्न जरूरी छ । यसबारेमा तत्काल योजना बनाउनु पर्छ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ती युवाहरूलाइ रोजगारीको अवसर प्रदान गर्न सकिन्छ ।

४. मजदुरीका लागि भारत गएका युवाहरू जो अहिले क्वारेन्टाइनमा छन, उनीहरू भारतमा बेरोजगार भएको कम्तीमा ४५ दिनपछि नेपाल फर्केका हुन् भन्ने तथ्यलाइ स्मरण गर्दै उहाँहरूलाइ राहत वितरण अविलम्ब गरिनुपर्नेमा घरबाट नै खाना ल्याउनुपर्ने अवस्था रहेको छ । यसलाइ अन्त्य गर्दै तत्काल क्वारेन्टाइनमा रहेकाहरूलाइ खाना खुवाउने अभियान संचालन गर्न गाउँपालिकाले पहल गर्नुपर्दछ ।

५. क्वारेन्टाइनहरू स्कुलहरूमा छन् । क्वारेन्टाइनको भौतिक सुविधा बढाउनु भनेको स्कुलहरूको सुविधा बढ्नु हो । सरकारको क्वारेन्टाइन निर्देशिका अनुसारको क्वारेन्टाइन निर्माणको लागि अग्रसरता लिनु अहिलेको आवश्यकता हो ।

६. र अन्त्यमा, यो महामारीका विरूद्वको लडाइमा जनपरिचालनको भूमिका सबैभन्दा महत्वपुर्ण अस्त्र हो । सबैको भूमिकालाइ सम्मान गर्न तथा यथोचित जिम्मेवारी वहन गर्न म हार्दिकतापुर्ण रूपमा सम्पुर्ण पार्टी पंक्ती तथा आम समूदायमा आह्वान गर्दछु ।

यस अघि युवा नेता खत्रीले गाउँपालिकाका क्वारेन्टाईनमा मास्क, सेनिटाईजर लगायतका सर्जिकल सामग्री उपलब्ध गराएका छन ।

Next Post

अवैधरुपमा भित्र्याइएको २० हजार पात पान नष्ट

१८ जेष्ठ २०७७, आईतवार ११:०७
सदरलाइनडटकम, डुडुवा (बाँके) : लकडाउनको मौका छोपी सीमानाकामा हुनसक्ने आवञ्छित गतिविधीलाई दृष्टिगत गर्दै सशस्त्र प्रहरीले सतर्कता बढाएको छ । सीमा गस्तीमा तीब्रता दिएको सशस्त्र प्रहरीले ६० हजार मूल्य बराबरको पान बरामद गरेको छ । बीओपी कालाबञ्जरबाट सशस्त्र प्रहरी निरीक्षक गोरख भण्डारीको नेतृत्वमा गएको गस्ती टोलीले डुडुवा गाउँपालिका वडा नं. ६ […]