बाँकेमा पनि मनाईयो विश्व हुलाक दिवस

सदरलाइन संवाददाता २३ आश्विन २०८१, बुधबार २०:१२
 

नेपालगञ्ज :  बाँकेको नेपालगञ्जमा विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय बाँकेले एक कार्यक्रम गरी १५०औं विश्व हुलाक दिवस मनाएको हो ।

विश्व हुलाक दिवस अक्टोबर ९ तारिखमा मनाउने चलन चलि आएको छ । सो अवसरमा सेवा निवृत्त कर्मचारी, उत्कृष्ट कर्मचारी, अतिरिक्त हुलाक कार्यालयका प्रतिनिधि तथा सेवाग्राहीलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्रबहादुर चौधरीले हुलाक सेवालाई प्रभावकारी र समयसापेक्ष बनाउनुपर्नेमा जोडदिए ।


कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले हुलाक सेवालाई समयानुकुुल परिमार्जित गर्दै लैजानु पर्ने बताउदै अतिरिक्त हुलाक कार्यालयहरुको व्यवस्थापनका लागि पहल हुने बताए ।

उनले हुलाक विगतमा सर्वसाधारणको अत्यन्त विश्वसनीय र भरपर्दो सेवा रहेको स्मरण गर्दै यसलाई दिगो राख्न समयसापेक्ष बनाउनुपर्ने आवश्यकता औंल्याए ।

कार्यालय प्रमुख हुलाक अधिकृत गोविन्दप्रसाद पाण्डेले हुलाक सेवालाई प्रभावकारी बनाउन आफूहरु दत्तचित्त भएर लागेको बताउँदै अहिले कार्यालयका केही दायित्व पनि बढेकाले प्रभावकारी कार्य सम्पादनका लागि कुनै कसर बाँकि नराख्ने बताए ।

दिवसका अवसरमा सबै भन्दबढी पत्र आदानप्रदान गर्ने उच्च अदालत तुलसीपुर नेपालगञ्ज ईजलस, गैर सरकारी संस्थामा एनआईसी एशिया बैंक, धेरै हुलाक टिकट खरिदकर्ता सिघार्थ लुम्बिनी ईसुरेन्स र जिल्ला हुलाका खरदारहरु साधुराम चौधरी, रामबहादुर चौधरी, चुमादेखि थापामगर, हल्काराहरुमा सरदार प्रहलाद सिंह, अनिता पथिक, रामनरेश थारु, अनिता राना, राजकुमार मौर्य, हलुका सवारी चालक चित्रबहादुर राना अतिरिक्त हुलाक तर्फ सियाराम धोबी, सहजराम पाल गढरिया, र हुलाक सेवा विभागले ५ हजार नगद सहित ईलाका हुलाक कोहलपुरमा कार्यरत रामशरण थारु सम्मान प्राप्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धुमधमका साथ फुलपाति भित्र्याईयो

२३ आश्विन २०८१, बुधबार २०:१२
नेपालगञ्ज :  वडा दशैको सातौं दिन अर्थात फुलपातीको अवसरमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा विधिपूर्वक पूजाआजा गरी फुलपाती भित्र्याईएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने प्रचलन रहेको छ । […]