दशैमा मनोरञ्जन गर्न कैदीलाई भलिबल

११ आश्विन २०७४, बुधबार १७:१८
 

सदरलाइन / नन्दा थापा  
११ असोज, बाजुरा : जिल्ला कारागारमा रहेका कैदीलार्ई दशैमा मनोरञ्जन गर्न भलिवल प्रदान गरिएको छ । उनीहरुलाई सो भलिवल युवा संघ नेपाल बाजुराको नेतृत्वमा हस्तान्त्रण गरिएको हो ।
बडादशैको अवसरमा देशविदेशबाट घरपरिवार एकै ठाउँ जम्मा भई हर्सोउल्लास मनाईरहेका बेला विभिन्न अभियोगमा कैदी जीवन विताईरहेका उनीहरुलाई मनोरञ्जन गर्नको लागि सहयोग पुगोस भन्दै भलिवल हस्तान्त्रण गरिएको युवा संघ जिल्ला सचिव सन्तोष विकले बताए ।
भलिवल एमाले जिल्ला कमिटी सचिवालय सदस्य काशीले विकले हस्तान्त्रण गरेका हुन । भलिवल हस्तान्त्रण गर्दै सचिवालय सदस्य विकले युवा शक्ति बन्दीमा पर्दा समाजको विकास नै बन्दीमा परेको उघोष गरे । समाज निर्माणको खम्बा नै परिबन्दमा पर्नु अपराध नभई उनले सुध्रिने मौका भएको बताए ।
उनले जेल जीवनमा पनि आफुमा भएको क्षमता सीपको सदुपयोग गरेर उदाहरणीय व्यक्तित्व रुपमा स्तापित हुन आग्रह गरे । पाठ्यापुस्तको अभाव रहेको भन्दै विकले आन्तरिक सुधार गृहमा रहेका कैदीहरुलाई स्वअध्यन गर्नको लागि पाठ्यपुस्तको तत्काल व्यवस्था मिलाईदिने आश्वासन दिएका छन् ।
जिल्ला कारागार बाजुराका निमित्त कार्यलय प्रमुख रामसेवक कुर्मीले जिल्ला कारागार बाजुरामा २८ जना कैदीबन्दीले विभिन्न अभियोगमा जेलजीवन विताई रहेका पुरानो संरचनाको भवनमा बस्नु परेको छ, एकै घरभित्र २८ जना दिनरात विताउनु परिरहेको छ । वर्खे सिजनमा आकाशको पानी घर भित्रै आउछ उनले भने, सेलेटले छाएको पाखोमा तिर्पाल विछ्याउनु पर्छ नत्र बस्नै गाह्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

११ आश्विन २०७४, बुधबार १७:१८