‘रास्वापा सभापति लामिछानेले सहकारी प्रकरणमा क्लीन चिट पाएको भन्नु सफेद झुट’

सदरलाइन संवाददाता २ आश्विन २०८१, बुधबार १५:४१
 

 

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा क्लिन चिट पाएँ भनेर सफेद झुट बोलेको बताएका छन् ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले लामिछानेलाई दोषी ठह¥याई कारबाहीको लागि सरकारलाई सिफारिस गरिसकेको अवस्थामा लामिछाने र उनको पार्टीका नेताहरूले संसदीय समितिले उहाँलाई क्लिनचिट दिएको भनि दिइरहेको अभिव्यक्ति प्रति पोखरेलले खरो टिप्पणी गरेका हुन ।


सामाजिक सञ्जाल फेसबुक मार्फत एमाले महासचिव पोखरेलले लामिछाने र उनकोे पार्टीका नेताहरूको नियत स्पष्ट भएको टिप्पणी गरेका छन् ।

लामिछानेको नाम नलिई एमाले महासचिव पोखरेलले कुनै पनि कम्पनीको कार्यकारी निर्देशकलाई पैसा कहाँबाट आउँ छ र दायित्व के हो भन्ने कुरा थाह थिएन भन्नु सफेद झुट भएको उल्लेख गरे ।

‘कुनै कम्पनीको सीईओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी बिना लगानी त्यसको सेयर होल्डर बन्दछ र सीईओको रूपमा मनलाग्दी पैसा खर्च गर्दछ, अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरूले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो, होइन र ?’ एमाले महासचिव पोखरेलले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संघीयताको सवलिकरण नै बलियो प्रदेश : मुख्यमन्त्री आचार्य

२ आश्विन २०८१, बुधबार १५:४१
दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले संघीयताको सवलिकरणका लागि प्रदेशलाई कानुनी रुपमा बलियो बनाउनुपर्ने बताएका छन् । उनले संविधान दिवसको अवसरमा बुधवार लुम्बिनी प्रदेशमा आयोजना गरिएको संघीयता सवलीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्दैै संघीयताको सवलिकरणका लागि प्रदेश सरकारलाई पूर्णरुपमा अधिकार सम्पन्न बनाइनुपर्ने बताएका हुन । मुख्यमन्त्री आचार्यले संविधानले […]