कोरोना खोप लगाएको ३ महिनामै बुस्टर डोज दिइने

सदरलाइन संवाददाता २० चैत्र २०७८, आईतवार १४:३९
 

काठमाण्डौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को खोपको पहिलो श्रृंखला पूरा गरेको तीन महिनापछि नै बुस्टर खोप दिने व्यवस्था गरेको छ ।

मन्त्रालयको परिवार कल्याण महाशाखाले सबै प्रदेशको स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरी पहिलो श्रृंखलाको खोप पूरा गरेको तीन महिनामै बुस्टर डोज दिन आग्रह गरेको छ । यसअघि कोभिड –१९ को पहिलो श्रृंखला खोप लगाएको ६ महिनापछि मात्र बुस्टर डोज दिनुपर्ने सरकारी नीति थियो ।


महाशाखाले पठाएको पत्रमा भनिएको छ, ‘राष्ट्रिय खोप सल्लाहकार समितिको २०७८ चैत १३ गते सिफरिसको आधारमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार पहिलो श्रृंखला पूरा गरेको तीन महिनापछि एक मात्रा बुस्टर खोप दिने व्यवस्था गर्न गराउनुहुन अनुरोध छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीको राजधानी दाङमा सहकारी दर्ता कार्यालय स्थापना

२० चैत्र २०७८, आईतवार १४:३९
नेपालगञ्ज : लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा प्रदेशस्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ । ६५औं सहकारी दिवसको अवसरमा आइतबार राप्ती गाउँपालिकाको मौरीघाटस्थित कार्यालयको उदघाटन प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले गरेका हुन् । प्रदेशस्तरीय सहकारी संस्थाको दर्ता, अनुगमन, नियमनलगायतका सबै कार्य गर्न कार्यालय स्थापना गरिएको […]