‘खुला सिमानाका कारण लागुऔषधको अवस्था भयावह’

१६ जेष्ठ २०७६, बिहीबार १९:३७
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके)  :  नेपाल प्रहरीका ५ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डीआइजी) पिताम्बर अधिकारीले खुला सीमाका कारण बाँकेमा लागू औषधको सेवन र कारोबार बढ्दो अवस्थामा रहेको बताएका छन् ।

बाँकेको कोहलपुरमा बिहीबार ५ नम्बर प्रदेश प्रहरीले प्रकाशित गरेको लागू औषध बुलेटिन विमोचन कार्यक्रममा डीआइजी अधिकारीले सीमामा लागू औषधको समस्या रहेको बताए ।

उनले भने–‘ खुला सिमानका कारण लागु औषधको प्रयोग तथा वसारपसारको अवस्था भयाबह छ । सबैको सहकार्य र हातेमालेले मात्र यसलाई नियन्त्रण गर्न संभव हन्छ ।’

उनले नेपालमा लागू औषधका कारोबारी हुँदा भारतमा प्रयोगकर्ता भएको र भारतमा कारोबारी भएका लागू औषधको नेपालमा प्रयोगकर्ता भएकाले दुबै देशका लागि लागू औषध साझा समस्या भएको बताए । उनले लागू औषधका लागि संगठित अपराध र हातहतियारको प्रयोग बढिरहेको भन्दै चिन्ता ब्यक्त गरे ।


कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले लागू औषधको दलदलमा चिकित्सकदेखि समाजका सबै वर्ग फसेकाले सचेतनाको खाँचो औल्याए ।

बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले लागू औषध विरुद्ध प्रहरीको सक्रियता बढाएको बताउदै सबैको सहकार्यले मात्र लागू औषध बिरुद्धको अभियान सफल हुने कुरामा जोड दिए ।

कार्यक्रममा शिक्षक, विद्यार्थी, लागू औषधविरुद्धका अभियन्ता, उद्योगी व्यवसायी सबैले लागू औषध विरुद्ध मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

Next Post

नेपाल–भारतको संयुक्तटोली बाँकेको बाढी प्रभावितक्षेत्रको स्थलगत अनुगमनमा

१६ जेष्ठ २०७६, बिहीबार १९:३७
सदरलाइनडटकम, नरैनापुर (बाँके) : नेपाल–भारतको संयुक्त टोलीले बाँकेको बाढी तथा डुवानबाट बर्षेनी प्रभावित हुने क्षेत्रको स्थलगत निरिक्षण तथा अनुगमन गरेको छ । नेपालको तर्फबाट प्रदेश ५ का प्रदेशसभा सदस्य एवम् सोही क्षेत्रबाट निर्वाचित सांसद् कृष्णा केसी नमुना, नरैनापुर गाउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, सिंचाई विभागका महानिर्देशक सरिता दवाडी र भारतको […]

सम्बन्धित