जेसिभीको ठक्करबाट बाँकेमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता २१ पुष २०७८, बुधबार १६:३७
 

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकामा जेसिभीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका ६ डिठापुरस्थित इँटा उद्योगमा माटो सम्याउने क्रममा भे १ क ७१५ नम्बरको जेसिभिले ठक्कर दिँदा सोही उद्योगमा काम गर्ने भारत बहराईच रामपुर बस्ने २९ वर्षीय बिनोद यादबको मृत्यु भएको प्रहरीले जनाएको छ ।


जेसिभीको ठक्करबाट गम्भीर यादवको उपचारका क्रममा नर्सिङहोममा मंगलवार राती मृत्यु भएको हो । जेसिभी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जमुनाहादेखि हर्रेसम्मको सडक सीमा अतिक्रमण हटाउन निर्देशन

२१ पुष २०७८, बुधबार १६:३७
नेपालगञ्ज : सडक डिभिजन कार्यालय नेपालगञ्जले सडक सीमा अतिक्रमण हटाउन निर्देशन दिएको छ । कार्यालयले बुधवार एउटा सूचना जारी गर्दै आफ्नो कार्यक्षेत्र भित्र पर्ने नेपालगञ्जको जमुनाहा–कोहलपुर हुँदै सुर्खेतको हर्रेसम्मको सडक सीमा अतिक्रमण हटाउन निर्देशन दिएको हो । सार्वजनिक सडक ऐन २०३१ अनुसार सडकको केन्द्रबाट दायाँबायाँ दुवैतर्फ २५÷२५ मिटरभित्र पर्ने सवै […]