बाँकेमा सोमवार २१ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १८ आश्विन २०७८, सोमबार १६:२२
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९६ नमुना परीक्षण गर्दा थप २१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २५ नमुना परीक्षण गर्दा २० र मेडिकल कलेज कोहलपुरमा २३ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।


तीमध्ये बाँकेका १० जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २४८ पुगेको छ ।

यस्तै सोमवार थप ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८५६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रथम बागेश्वरी कपमा भैरवप्रसाद गण विजयी

१८ आश्विन २०७८, सोमबार १६:२२
नेपालगञ्ज : रोयल नेपालगञ्ज फुटबल क्लवले आयोजना गरेको प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगितामा नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझा विजयी भएको छ । भैरवप्रसाद गणले युनाइटेड क्लवलाई ३–० गोलले पराजित गरेको छ । भैरवप्रसाद गणलाई खेमराज शर्माले ५६ मिनेटमा अग्रता दिलाएका थिए । ६१ मिनेटमा संगम चौधरीले गोल गर्दै […]

सम्बन्धित