क्यानमा कुँवर समुहको सशक्त दाबेदारी

२७ कार्तिक २०७६, बुधबार ०९:२३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान) को आगामी मंसिर ७ मा हुने १३ औं महाधिवेशनमा पहिलो पटक नेतृत्वको लागि मोफसलबाट दाबी गरीएको छ । सो महाधिवेशनमा क्यानको आगामी नेतृत्वको लागि बुटवलका नवराज कुँवरले प्यानलसहित उम्मेदवारी घोषणा गरेको छन् । क्यान महासंघको १३ औं केन्द्रीय महाविधेशन आगामी मंसिर ७ गते हुँदैछ ।
निर्वाचनका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष कुँवर र उपाध्यक्ष सुनैना घिमिरे पाण्डेको दुई प्यानलबीच प्रतिष्पर्धा हुने भएको छ । दुई वर्षे कार्यकालका लागि हुने निर्वाचनका लागि पाण्डेको नेतृत्वमा अर्काे समूहले उम्मेदवारी घोषणाको तयारीमा छ ।
कुँवर समूहले आफू निर्वा्चित भएपछि सूचना प्रविधि क्षेत्रको विकासका लागि हातेमालो गर्ने, सरकारी कामकाजमा स्वदेशी सफ्टवेयरको प्रयोगका लागि सरकारसँग समन्वय र सहकार्य गर्ने, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सूचना प्रविधि र पर्यटन उद्योगलाई समेटेर पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।
कँुवरसँग संस्थागत साधारण समूहबाट राजन कर्माचार्य, अमित सराफ, राजेश अग्रवाल, शङ्कर श्रेष्ठ, शर्मिला भुजेल, निरञ्जन पटेल र सुरेन्द्र न्यौपाने, संस्थागत आजीवन समूहबाट डा पवनकुमार शर्मा, नवीन जोशी, राजेन्द्र अर्याल तथा व्यक्तिगत आजीवन समूहबाट प्राडा सुवर्ण शाक्य, विक्रम श्रेष्ठ र दामोदर अधिकारी रहेका छन् ।
यसैगरी व्यक्तिगत साधारण समूहबाट खुसल रेग्मी, रत्नतारा वैद्य, सुवास खड्का, घनश्याम खनाल, श्रवण श्रेष्ठ, श्री पौडेल र दिनेशराज कार्की तथा वस्तुगत सदस्यमा उक्त समूहमा नारायणबहादुर थापा, भोजराज भट्ट, चिरञ्जीवी अधिकारी र प्रताप सापकोटा छन् ।
तीन सदस्यीय लेखा समितिमा लक्ष्मण यादव, हृदयमान श्रेष्ठ र भीमसेन गिरी रहेका छन् । निर्वाचनमा सात प्रदेशमा दुई जनाका दरले सदस्य निर्वा्चित हुनेछन् । नवनिर्वा्चित कार्यसमितिले उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष जस्ता पदाधिकारी चयन गर्ने बताइएको छ ।
प्रदेश ६ बाट बाँकेका ध्रुवराज शर्मा (सुदिप)ले कुँवर प्यानलबाट केन्द्रिय समितिमा उम्मेदवारी घोषणा गरेका छन् । क्यानले ५७ जिल्लामा शाखा विस्तार गरेको जनाएको छ । वर्तमान वरिष्ठ उपाध्यक्ष रहेका कुँवर नेतृत्वको समूहले मंगलवार १४ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरिएको हो ।

Next Post

अबैध नालकटुवा पेस्तोलसहित अटोचालक सैयद पक्राउ

२७ कार्तिक २०७६, बुधबार ०९:२३
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके प्रहरीले अबैध नालकटवा पेस्तोल यात्रुबाहक अटोमा राखेर हिडि रहेको अवस्थामा अटोसहित चालकलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । अबैध पेस्तोल सहित बाँके डुडुवा गाउपालिका–४ उचेमसाहका मेराज अलि सैयदलाई बुधबार बिहान १० बजे नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहको […]