२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

लागूऔषध दुर्व्यशनबिरुद्ध बालबालिकाहरुको भूमिका विषयक बक्तृत्वकला



नेपालगञ्ज : बाल दिवशको अवसर पारेर नेपालगञ्ज सामुदायिक सिकाई केन्द्र धम्बोझी–१ ले लागूऔषध दुव्र्यशनबिरुद्ध बालबालिकाहरुको भूमिका विषयक बक्तृत्वकला कार्यक्रम–२०८१ सम्पन्न गरेको छ ।

केन्द्रको क्षेत्राधिकार भित्रका एक बालक्लव, र ७ सामुदायिक तथा संस्थागत विद्यालयका छात्राहरु प्रतियोगी रहेको सो कार्यक्रममा भेरी ईंगलिस स्कुलकी एञ्जल कठायत प्रथम भएकी छन ।

यसैगरी सेन्ट थोमस माविकी कृतिका थापा द्वितिय, सनविम माविकी लिजा सुवेदी तृतिय र शान्ति विद्या निकेतनकी आरती शोनीले सन्त्वना स्थान हासिल गरेकी थिईन ।

प्रतियोगीलाई पुरस्कार संस्थाकी सचिव तथा कार्यक्रमकी अध्यक्ष प्रभा सुवेदी, सल्लाहकार बालकृष्ण सुवेदी, नेपालगञ्ज उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा शाखा अधिकृत डिल्ली आचार्य, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदी लगायतले बितरण गरेका थिए ।

प्रकाशित मिति : २०८१ भदौ २९ गते शनिबार
ताजा समाचार