गनापुरमा सडक दुर्घटना हुँदा २ को मृत्यु २७ घाइते

सदरलाइन संवाददाता १३ भाद्र २०८१, बिहीबार १३:४३
 

नेपालगञ्ज :  कोहलपुर–नेपालगञ्ज सडक खण्डको गनापुर नजिकै बस दुर्घटना हुँदा २ जनाको मृत्यु हुनुको साथै २७ जना घाइते भएका छन् ।

दाङबाट नेपालगञ्ज आउँदै गरेको बस गन्तब्यमा पुग्नलाई करिव १० किलोमिटर बाँकी रहदै बाँकेको जानकी गाउँपालिका गनापुर नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

आज बिहान करिव ११ ः १५ बजे दाङबाट नेपालगञ्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस नेपालगञ्ज पुग्नै लाग्दा गनापुरमा दुर्घटना भएको हो ।


घाइतेहरु मध्य २१ जनाको भेरी अस्पतालमा, ५ जनाको कोहलपुर स्थित मेडिकल कलेजमा १ जनाको नेपालगञ्ज नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

सो दुर्घटनामा परेर ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन । तीब्र गतिमा रहेको बसको मुख्य पट्टा भाँचिदा अनियन्त्रित भएर पल्टेको स्थानीयलाई उदृढ गर्दै प्रहरीले जानकारी दिएको छ । प्रहरी घटनास्थल पुगेर अनुसंधान सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गनापुरमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुग्यो

१३ भाद्र २०८१, बिहीबार १३:४३
नेपालगञ्ज : बाँकेको गनापुरमा बिहीबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएसंगै सो दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ३ पुगेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए । […]

सम्बन्धित