गनापुरमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुग्यो

सदरलाइन संवाददाता १३ भाद्र २०८१, बिहीबार १८:२०
 

नेपालगञ्ज : बाँकेको गनापुरमा बिहीबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएसंगै सो दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ३ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार दाङ, घोराहीका ३० वर्षिय बिमल राईको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा दिउँसो मृत्यु भएको हो ।


यसअघि दुर्घटनामा गम्भीर घाइते भएका दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुर कै २४ वर्षीय सन्तोष भुषालको भेरी अस्पतालमा मृत्यु भएको थियो । दाङको तुलसीपुरदेखि नेपालगञ्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेका घाइते २६ जनाले नेपालगञ्ज र कोहलपुरमा उपचार गराइरहेका छन् । प्रहरी प्रवक्ता डाँगीका अनुसार भेरी अस्पतालमा २१ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकी ४ जनाको उपचार भइरहेको छ । घाइते एक जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भएकोमा डिस्चार्ज भईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुधको भुक्तानी तत्काल दिन मुख्यमन्त्री आचार्यको निर्देशन

१३ भाद्र २०८१, बिहीबार १८:२०
दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई दुधको भुक्तानी तत्काल दिन नेपालगञ्ज दुग्ध वितरण आयोजनालाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय राप्ती उपत्यका देउखुरीमा बिहिवार नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुख सहित कर्मचारीहरुसंग भएको छलफलमा मुख्यमन्त्री आयाचार्यले ६–७ महिनादेखि दुधको भुक्तानी हुन नसक्दा किसानलाई मर्का परेको भन्दै अविलम्ब […]

सम्बन्धित