सदरलाइनडटकम,
काठमाण्डौ : उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको हो ।
कोशी अस्पतालको परीक्षणमा ती ८ जनालाई पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ । ‘रिकन्फर्म’ का लागि नमुना संकलन गरेर धरानस्थित बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको स्रोतले जनाएको छ ।
गत ५ वैशाखमा उदयपुरको त्रियुगानगरपालिका ३ भुल्केमा रहेको मस्जिदमा बसेका १६ जनामा परीक्षण गर्दा १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । पछि त्यही समूहमा बसेका थप एकजनामा पनि भाइरस पोजेटिभ देखिएको थियो ।
