पाकिस्तानमा चट्याङ लागेर १४ जनाको मृत्यु

सदरलाइन संवाददाता २८ भाद्र २०७८, सोमबार १३:४८
 

काठमाण्डौ : पाकिस्तानमा चट्याङ लागेर १४ को मृत्यु भएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा उक्त चट्याङका कारण उनीहरुको मृत्यु भएको हो ।

चट्याङ दुई आवासीय भवनमा परेको हो । उक्त अवासीय भवनमा दुई दाजु भाइको परिवार बस्ने गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।


घटनाबाट ३ जना भने बचेको समाचार एजेन्सीले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका अधिकांश विद्यालय सोमवारदेखि खुले

२८ भाद्र २०७८, सोमबार १३:४८
नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विद्यालयहरु सोमवारदेखि सञ्चालनमा आएका छन् । आठ वटा पालिका रहेको जिल्लाका शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितीमै कक्षाहरु सञ्चालनमा आएका हुन् । आइतवारदेखिनै विद्यालय खोल्ने तयारी भएपनि थारु समुदायको अटवारी पर्वका कारण सार्वजनिक विदा भएकाले सोमवारदेखि खुलेका हुन् । यसअघि जानकी, बैजनाथ र नरैनापुर […]