नेपालगञ्जमा मनोरञ्जन क्षेत्र व्यवस्थित बनाइने

सदरलाइन संवाददाता १७ भाद्र २०७८, बिहीबार १३:४६
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले मनोरञ्जन तथा सत्कार क्षेत्रलाई थप व्यवस्थित बनाउने भएको छ । मनोरञ्जन तथा सत्कार सेवा क्षेत्र व्यवस्थापन तथा अनुदानका लागि निर्देशिका निर्माण गर्न लागिएको छ ।

नेपालगञ्ज उप–महानगरपालिका मानव वेचविखन तथा ओसारपसार नियन्त्रण स्थानीय समितिको आयोजनामा बिहीवार निर्देशिकाको प्रारम्भिक मस्यौदामाथि छलफल भएको छ ।

जिल्ला प्रशासन, अधिकारको क्षेत्रमा कार्यरत संघ संस्था, होटल व्यवसायी संघ, नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधीसहितको छलफलमा मस्यौदालाई छिटोभन्दा छिटो अन्तिम रुप दिएर जारी गर्नुपर्नेमा जोड दिइएको छ ।


कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका उपसचिव शोभा शाह, माईती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक केशव कोईराला, अधिकारकर्मी कमला पन्त लगायतले सहजिकरण गरेका थिए ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले मनोरञ्जन क्षेत्रमा व्यवस्थित बनाउन जरुरी भएको बताए । मनोरञ्जन तथा सत्कार सेवाको रुपमा रहेका डान्स रेष्टुरेन्ट, दोहोरी साझ, मसाज पार्लर, डान्स वार, क्याविन रेष्टुरेन्ट, खाजा घर र होटल ब्यवस्थापन र कार्यरत श्रमिकहरुको हकहितका लागि निर्देशिका ल्याउन लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया प्रशासनलाई स्वास्थ्य सामग्री सहयोग

१७ भाद्र २०७८, बिहीबार १३:४६
बर्दिया : जिल्ला प्रशासन कार्यालय बर्दियालाई ४५ लाख बढिको स्वास्थ्य सामग्री प्रदान गरिएको छ । कोभिड–१९ संक्रमणको जोखिम न्यूनिकरण, रोकथाम तथा प्रतिकार्यका लागि जिल्ला प्रशासन कार्यालय बर्दियालाई ४५ लाख ६२ हजार २६४ रुपैयाँको स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । प्लान इन्टरनेशनल नेपाल र थारु महिला उत्थान केन्द्र बर्दियाले जिल्ला विपत […]