नेपालगञ्ज : जमिन मुनिबाट सुन निकालि दिन्छु भनेर करोडौ ठगी गर्ने एक भारतीय नागरिकलाई बाँके प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
नेपालगञ्ज–१९ मोहनपुर ईटाभट्टा नजिकैको जमिनबाट सुन निकाली दिन्छु भनेर स्थानीय नसिर अहमद बेहनाका साथबाट ईटा भट्टाको जमिनमा सुन रहेको र त्यो सुन निकालि दिन्छु भनेर पटक–पटक २ करोड ठगी गर्ने भारत बलरामपुर सिंहपुरीका ४२ वर्षिय सदाबुद्दिन हल्वाई प्रहरीको फन्दामा परेका हुन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक आयूश प्रसाद जोशीले दिएको जानकारी अनुसार प्रहरीले सो ठगी गरेको अभियोगमा हल्वाईलाई बसपार्क नजिकैबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले हल्वाईलाई ४ दिनको म्याद थपेर अनुसंन्धान सुरु गरेको जनाएको छ । प्रहरीले आरोपीको साथबाट १ हजार ४९ पहेलो सिक्का, माटोको घैटो ३, पित्तलको घैटो ३, धातुको गणेशको मूर्ती लगायतका विभिन्न सामाग्री बरामद गरेको जनाएको छ ।