राज्य सत्ता सञ्चालनमा कमजोर निर्णायक हुँदा राजनीतिक अस्थिरता मौलायो : महासचिव पोखरेल

सदरलाइन संवाददाता १० भाद्र २०८१, सोमबार १९:१०
 

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा जो कमजोर छ राज्य सत्ता सञ्चालनमा उही निर्णायक हुँदा राजनीतिक अस्थिरता मौलाएको बताएका छन् ।

नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नुपर्ने बताए ।

लोकतन्त्रको मूल मान्यता नै सबैभन्दा बलियो राजनीतिक दलले शासन गर्ने भएको पोखरेलले प्रष्ट पार्दै भने–‘लोकतन्त्रमा जहिले पनि शासन गर्ने भनेको बलिया पार्टीले नै हो ।’

कानुनको सुधारद्वारा लोकतन्त्रलाई थप बलिया बाउन सकिने उनको धारणा छ । नेपालको कानुनले नै पार्टीहरूलाई बलिया हुन रोकको पोखरेलले टिप्पणी गरे । ‘कतिपय कानुनमा सुधार गर्दा पनि स्थायित्वको आधार बलियो बनाउन सकिन्छ’, पोखरेलले भने ।

कानुनले राष्ट्रिय पार्टी बन्न नसकेका दलका सांसदलाई पनि पार्टी छाड्दा कारबाही हुने प्रावधान राखेर दलहरूलाई बलिया हुनबाट रोकेको उहाँले बताउनुभयो । जो राष्ट्रिय पार्टी हुँदैनन् उनीहरूको सांसद स्वतन्त्र हुन्छ भन्ने कानुनी व्यवस्था भएको भए देशमा पार्टीको सङ्ख्या स्वतः कम हुने स्थिति बन्ने पोखरेलको धारणा छ ।


त्यस्तो व्यवस्था भएको भए राष्ट्रिय दल बन्न नसकेका दलका सांसदले आफ्नो राजनीतिक भविष्य निर्माणको लागि स्वतः बलिया राजनीतिक पार्टी खोज्ने परिस्थिति बन्ने उनको भनाइ छ । ‘साना राजनीतिक दललाई राजनीतिमा बलशाली बनाउने काम कानुनले गरेको छ’, उनले भने ।

जनताको बहुमत प्राप्त नयाँ राजनीतिक दल रातारात जन्मिने परिस्थिति नभएको पनि उनले स्पष्ट पारे । अहिले नेपालमा जुन प्रकारको अस्थिरता छ, यही अस्थिरताको बिचमा नागरिकको लोकतन्त्र प्रतिको भरोसा जोगाएर राख्न नसकिने पोखरेलले बताए । त्यसैले मुलुकलाई बरबाद हुनबाट जोगाउन ठुला राजनीतिक दलले पहल लिनु परेको उनको भनाइ छ ।

पोखरेलले यतिबेला दक्षिण एसियाको राजनीति निक्कै जटिल बन्दै गएको बताउँदै त्यसैले सचेततापूर्वक अघि बढ्नु पर्नेमा जोड दिए । दक्षिण एसिया राजनीति द्वन्द्वको चपेटामा परेको उनको धारणा छ । व्यक्तिगत पुँजीवादको टकराब कति बलियो हुन्छ भन्ने कुरा श्रीलङ्काबाट सिक्न जरुरी रहेको उनले बताए । वित्तीय पुँजीवादको आपसको द्वन्द्व र वित्तीय संस्थाहरूको व्यापारिक टकराबले श्रीलङ्कामा द्वन्द्व निम्त्याएको उनले बताए ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यमको दुरुपयोगले पनि समाज अराजक बन्ने पोखरेलले बताउदै त्यो अराजकताले देश नै बरबाद बनाउन सक्ने उनले धारण राखे । आर्थिक विकास वा भौतिक विकासले मात्र नागरिकका आवश्यकता र भावना सम्बोधन गर्न सकिँदैन भन्ने कुराको पाठ बङ्गलादेशबाट सिक्नु पर्नेमा उनले जोड दिए ।

आर्थिक र भौतिक विकाससँगै सामाजिक विकास र मानव विकास पनि महत्त्वपूर्ण रहेछ भन्ने कुरा बिर्सन नहुने पोखरेलले बताए । यसमा सञ्चार माध्यमको सकारात्मक भूमिका छ कि छैन भन्ने कुराले अर्थ राख्ने पोखरेलको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पश्चिम नेपालका थारु समुदायमा सोमबारदेखि अष्टिम्की पर्व मनाइँदै

१० भाद्र २०८१, सोमबार १९:१०
नेपालगञ्ज  : पश्चिम नेपालको बाँकेसहित आसपासका जिल्लामा बसोबास गर्ने थारु समुदायमा आज सोमबार अष्टिम्की पर्व मनाइँदै छ । श्रीकृष्ण जन्माष्टमीको दिनदेखि दुई दिनसम्म अष्टिम्की पर्व मनाउने चलन रहेको छ । यो पर्वमा विशेषगरी महिला दिदीबहिनीहरु दिनभरी पानी समेत नखाइ निराहार व्रत बस्ने गरेको जनाइएको छ । व्रतालुहरु साँझपख नुहाइ–धुवाइ गरी […]