जनताको सेवामा दिनरात खटिने राप्तीसोनारीका ज्ञानु जनताको ढुकढुकी बन्दै

सदरलाइन संवाददाता १३ बैशाख २०७९, मंगलवार २१:३७
 

राप्तिसोनारी (बाँके) :  बुवा धनसिङ ओली र आमा पदमी ओलीको कोखबाट २०४७ सालमा राप्तीसोनारीमा जन्मिएका ज्ञानेन्द्र सिंह ओली (ज्ञानु) राप्तिसोनारीमा मात्र नभइ समग्र बाँकेमा सबैले रुचाउने सहयोगी युवा नेता हुन् ।

२०७४ सालको स्थानीय चुनावमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ बाट वडा सदस्यमा अत्याधिक मतले बिजयी भएका ओलीको राजनीतिक यात्रा २०६४ सालदेखि नेकपा एमालेको भातृसंगठन ‘युथफोर्स’ नगर अध्यक्ष हुँदै गर्दाबाट सुरु भएको हो ।

युवा संघ हुँदै यात्रा सुरु गरेका ओली नेपालगञ्ज उपमहानगरपालिकाको अध्यक्ष हुँदै युवा संघ जिल्ला सदस्य, क्रमश केन्द्रीय सदस्य हुँदै हाल युवा संघ बाँके जिल्ला अध्यक्ष समेत रहेका छन् ।उनको लगनशिलता अनि जिम्मेवारी बोध अनि जनता प्रती गर्ने उच्च सम्मान र सहयोगले २०७४ सालको स्थानीय निर्वाचनमा वडा सदस्यमा अत्याधिक मतले बिजयी हुने युवा जनप्रतिनिधि हुन् । उनी वडा नम्बर २ का वडा सदस्य भएता पनि उनि गाउँपालिका भरी नै सेवा र सहयोग गर्न खटिने गर्दथे ।

वडामा र पालिकामा हुने सामाजिक कार्य होस या कुनै आपतबिपद पर्दा होस दिनरात नभनेरै सहयोग र सेवा मा खटिने उनको बानीले कामको उच्च मुल्यांकन गरेर पार्टीले २०७९ साल बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदको रुपमा उम्मेद्बार बनाएको छ । पार्टीले मात्र नभएर स्थानीय जनताहरुले पनि उनीलाई वडा अध्यक्ष हुन आग्रह समेत गरेका छन् ।

लामो समयदेखि पार्टीको भातृ संगठनमा रहेर पार्टी राजनीतिमा आएका नेता ओलीले २०७४ सालदेख आजका मितिसम्म वडा सदस्य भएर आफुले जिम्मेवारी पाएको वडाका लागि थुप्रै काम गरिसकेका छन् ।


गत निर्वाचनमा निर्वाचित भएपश्चात् राप्तीसोनारीमा विभिन्न बिपत जस्तै बाढी, आगलागीका कारण अलपत्र परेका बाढीपीडित र अग्निपीडित स्थानीय जनतलाई लत्ताकपडा दालचामल सहयोग गर्नुका साथै विभिन्न संघसंस्थालाई आग्रह गर्दै राहत सामग्री समेत सहयोग दिलाउन उनी सधै अग्रस्थान मै रहेका छन् ।

उनी देश कोरोनाले थलिएको बेला पनि दिनरात नभनी जनाताको सेवामा लागिरहे चाहे त्यो बाढी पीडितका समस्या होस चाहे अग्निपीडितको चाहे कोरोनाले ग्रसित जनताको समस्यामा होस उनले आफ्नो तर्फबाट जनताका लागि विशेषज्ञ चिकित्सकसहितको टोली व्यवस्थापन गरि स्वास्थ्य शिविर समेत सन्चालन गरि स्थानीयलाई सजिलै सेवा दिन सफल भएका छन् ।

उनले वडा सदस्य भएर पदमा रहिरहदा पनि आफूले पाउने सेवा सुबिधा समेत नलिएर वडाको बिकासमा निकै टेवा पुर्याउँदै बाटो–घाटो, मन्दिर निर्माण, खेल मैदान मर्मत कार्य, स्कुलहरुमा थुप्रै सामग्री सहयोग दिने जस्ता कार्य गरिसकेका छन् ।

कोभीड १९ को पहिलो लहरमा ओलीले घर–घरमा पुगेर स्थानीय जनतालाई स्वास्थ्य सामग्री सहयोग गर्नुका साथै स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत गरेका छन् । बेला बेलामा भएका दुर्घटनामा आफैं उद्धारमा खटिने सहयोगी नेता ओली त्यस वडामा सबैका प्रिय मानिन्छन् ।

त्यसैले उनीले २०७९ को स्थानीय चुनावमा आफू वडा अध्यक्ष भएपछी वडा सदस्य हुँदा बाँकि रहेका थुप्रै अधुरा कामहरु पूरा गर्ने र आफ्नो वडालाई नमुना वडा बनाउन कुनै कसर बाँकि नराख्ने समेत प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा उम्मेद्वार परिचयात्मक कार्यक्रम

१३ बैशाख २०७९, मंगलवार २१:३७
नेपालगञ्ज : बैशाख ३० गते हुने निर्वाचन लागि नेकपा एमालेको तर्फबाट नेपालगञ्ज उप–महानगरपालिकाका उम्मेदवार र कर्मचारीहरु विच परिचयात्मक एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल र शुभेच्छुक संगठन नेपाल निजामती कर्मचारी संगठन नेपालगन्ज उपमहानगरपालिका ईकाई कमिटीको आयोजनामा उम्मेदवार र कर्मचारीहरु विच परिचयात्मक […]