पहाडी क्षेत्रमा आज फागु पर्व मनाइँदै

२६ फाल्गुन २०७६, सोमबार १३:२९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व सोमवार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
केही वर्ष अघिसम्म काठमाण्डौ उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ ।
फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन । यस वर्ष कोरोना भाइरसको प्रभाव विश्वव्यापीरूपमा बढ्दै गएकाले पनि फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ ।
नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।

Next Post

ब्राजिलमा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ४२ पुग्यो

२६ फाल्गुन २०७६, सोमबार १३:२९
सदरलाइनडटकम, काठमाण्डौ : ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भीषण वर्षासँगै आएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । उद्धारकर्मीहरुले जमिनमा माटोमा पुरिएको अवस्थामा एक जना ३७ वर्षीय पुरुषको शव भेटिएपछि ज्यान गुमाउनेको संख्या ४२ पुगेको हो । उद्धारकर्मीका अनुसार पहिरोमा अन्य ३६ जना हराइरहेका छन् । गुआरुजाको […]