नेपालगञ्जको वडा नं. ४ सरसफाई अभियानमा

सदरलाइन संवाददाता २ श्रावण २०७९, सोमबार १३:५६
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का सबै टोलहरुमा सरसफाई अभियान सुरु भएको छ ।

ञहाम्रो वडा राम्रो वडाझ भन्ने मुल नारासहित नेपालगञ्जको ४ न वडाका जनप्रतिनिधि, समाजसेवी, संघ संस्था र वडा प्रहरीको सहकार्यमा टोल–टोल सरसफाइमा जुटेको नेपालगञ्ज उपमहानगरपालिका वडा न.४ का वडा अध्यक्ष गोपाल पुनले बताए ।


आफ्नो वडालाई विशेष पुर्ण सरसफाई योजना अन्तरगत वडा नम्बर ४ का सबै टोलमा सरसफाइ टोल सुधार समितिको गठन गर्ने, जनतामा जनचेतना जगाउने, टोलबासीलाई पनि सरसफाइमा ध्यान दिने जस्ता बुदाहरु लिएर टोल टोलमा लागेको र आफ्नो वडामा नियमित टोल सरसफाई कार्यक्रम नगरेपनि हामी निरन्तर केहि दिन बिराएर टोल सरसफाइमा लाग्ने वडा अध्यक्ष पुनले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया अस्पतालमा विरामीलाई रगत निःशुल्क

२ श्रावण २०७९, सोमबार १३:५६
नेपालगञ्ज : बर्दिया जिल्ला अस्पतालमा अव बिरामीले निःशुल्क रगत पाउने भएका छन् । आइतबारबाट विरामीका लागि चाहिने रगत अव निःशुल्क उपलब्ध हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.सुभाष पाण्डेले जानकारी दिए । यसअघि विभिन्न परीक्षणका नाममा विरामीले रगत प्राप्तीका लागि रकम तिर्नु पर्ने अवस्था थियो । बर्दिया अस्पताल र नेपाल रेडक्रस सोसाइटी […]

सम्बन्धित