आचारसंहिता विपरितका प्रचार सामग्री हटाउन बाँके प्रशासनलाई निर्देशन

सदरलाइन संवाददाता २५ कार्तिक २०७९, शुक्रबार १३:१४
 

नेपालगञ्ज : निर्वाचन आयोगले आचारसंहिता विपरितका प्रचारप्रसार सामग्री हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेलाई निर्देशन दिएको छ ।

जनता समाजवादी पार्टी नेपालको वडा इकाई समितिको कार्यालय नेपालगञ्जमा निर्वाचन आचारसंहिता विपरीतका राखिएको दलका उम्मेदवारको फोटो तथा चुनाव चिन्हसहितको फ्लेक्स र निर्वाचन चिन्हको तोरण हटाउन भनिएको हो ।


निर्वाचन आचारसंहिता अनुसार उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३×४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न बाहेक सामग्री प्रदर्शन गर्न पाइदैन । तर जनता समाजवादीले आचारसंहिताविपरीत फोटो तथा चुनाव चिन्ह सहितको फ्लेक्स र निर्वाचन चिन्हको तोरण बनाई राखेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके क्षेत्र नम्बर २ मा काँग्रेस उम्मेदवार राणासँग जनताको अपेक्षा

२५ कार्तिक २०७९, शुक्रबार १३:१४
नेपालगञ्ज : बाँके क्षेत्र नम्बर २ मा नेपालगञ्जका दुई वटा वडा बाहेक बाँकी २१ वटा वडा र डुडुवा गाउँपालिका पर्छ । यस क्षेत्रमा नेपाली कांग्रेसबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार सुदिप नरसिंह राणा क्षेत्र नम्बर २ मा रहेको धेरैजसो मतदाताको घर दैलोमा पुगिसकेका छन् । कतिपय वडा र टोलमा पुग्ने […]