एकलाख राशीको देवेन्द्र गौतम पत्रकारिता पुरस्कार शम्भु श्रेष्ठलाई

सदरलाइन संवाददाता ६ भाद्र २०८१, बिहीबार १९:१२
 

 

काठमाडौँ : यस वर्षको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई अर्पण गरिने भएको छ । वरिष्ठ पत्रकार देवेन्द्र गौतमका स्मृतिमा करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिद्वारा स्थापित सो पुरस्कारको राशि रु एक लाख रहेको छ ।

पत्रकार गौतमको दोस्रो स्मृृति दिवस आगामी असोज २ गते सो पुरस्कार प्रदान गरिने सेन्टरका अध्यक्ष प्रदीपा गौतमले जानकारी दिईन ।


‘दृष्टि’ साप्ताहिकका सम्पादक श्रेष्ठ विगत पाँच दशकदेखि निरन्तर लोकतान्त्रिक मूल्यमान्यतामा आस्था राखी पत्रकारिता क्षेत्रमा सक्रिय छन । तत्कालीन पञ्चायती निरङ्कुश सत्ताबाट ‘नेपाल पोष्ट’ साप्ताहिकको प्रकाशनमा रोक लगाउँदा उनले आफ्नो नाममा दर्ता भएको ‘मायालु’ साप्ताहिक ‘नेपाल पोष्ट’ का सम्पादक । प्रकाशकलाई सहयोगस्वरूप प्रकाशन गर्न प्रदान गरेका थिए । गाईजात्रा अङ्कमा आपत्ति जनाई ‘मायालु’ को पनि प्रकाशनमा रोक लगाइएको इतिहास छ ।
संस्थाले कलाकार गेहेन्द्रमान अमात्य तथा पत्रकार एवं प्राध्यापक रघु घिमिरेलाई पनि प्रशंसापत्र प्रदान गर्ने छ । उनीहरुलाई जनही रु पचास हजार दिइने छ ।

अमात्य सरकारी सेवा सूचना विभागमा सेवारत हुनाका साथै निजी तवरमा छापिने पत्रपत्रिकालाई तस्बिरका ‘जिंक ब्लक’ बनाएर उपलब्ध गराउथे । यस्तै घिमिरेले सहर वा ग्रामीण क्षेत्रका सर्वसाधारणका विषयदेखि महत्त्वपूर्ण घटनाको समाचार पत्रपत्रिकालाई उपलब्ध गराएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पराराष्ट्रमन्त्री डा राणा र दक्षिण एशियाली विश्वविद्यालयका अध्यक्ष प्रा अग्रवालबीच दिल्लीमा शिष्टाचार भेट

६ भाद्र २०८१, बिहीबार १९:१२
दिल्ली (भारत) : नेपालका परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नयाँदिल्लीमा स्थापना भएको दक्षिण एशियाली विश्वविद्यालयका अध्यक्ष प्रा के के अग्रवालले नयाँदिल्लीको शेराटन होटलमा शिष्टाचार भेट गरेका छन् । सो अवसरमा विश्वविद्यालयका अध्यक्ष प्रा अग्रवालले विश्वविद्यालयमा जारी पाठ्यक्रम र अन्य गतिविधिका बारेमा परराष्ट्र मन्त्री डा राणालाई जानकारी गराएका थिए । प्राध्यापक […]

सम्बन्धित