प्रियंका र आयुशमान अभियन्तामा नियुक्त

१३ फाल्गुन २०७५, सोमबार २२:५७
 

सदरलाइनडटकम, 
काठमाण्डौं : चर्चित नायिका प्रियंंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त भएका छन् ।

वन तथा वातावरण मन्त्रालयको फागुन ७ बसेको मन्त्रीस्तरिय निर्णयले उनीहरुलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त गरेको हो ।

अभियानताको रुपमा नियुक्त भएका उनीहरले देशभर स्वच्छ वातावरण बनाउको लागि जनचेतनाको कार्यक्रमहरु गनुपर्नेछ ।


मन्त्रालयले उनीहरुलाई एकवर्षको नियुक्ती दिएको हो ।

केहि साताअघि मात्र सामाजिक काममा योगदान पुर्याउने उदेश्यका साथ आयंका फाउन्डेसन दर्ता गरेका प्रियंका र आयुष्मान स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा आफुलाई पाउँदा एकदमै खुशी लागेको बताए ।

साथै उनीहरुले आफुलाई दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

Next Post

कोहलपुरको शैक्षिक गुणस्तर सुधार्दै नारायणी

१३ फाल्गुन २०७५, सोमबार २२:५७
सदरलाइनडटकम, कोहलपुर : कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक नारायणी वलीको नेतृत्वमा रहेको बिद्यालय अनुगमन टोली आजभोली कोहलुर नगर भित्रका सामुदायीक तथा निजि बिद्यालयको अनुगमनका ब्यस्त छ । वली कोहलपुर नगरपालिका सामाजिक बिकास समितिको संयोजक भएपछि कोहलपुरका बिद्यालयको बास्तबिक अबस्था बुझ्न शिक्षा बिज्ञ सहितको टोलीको नेतृत्व गर्दै वली आजभोली दिनहुजसो […]