नेपालगञ्जमा प्रहरीको ‘क्विक रिस्पोन्स टिम’ परिचालन

सदरलाइन संवाददाता २६ आश्विन २०७७, सोमबार १७:४५
 

नेपालगञ्ज :  बाँके प्रहरीले चाडपर्वको समयमा जिल्लामा हुन सक्ने सम्भावित अपराधका घटना, लुटपाट तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि पर्व विशेष सुरक्षा योजना अन्तरगत नेपालगञ्जमा १६ वटा मोटरसाईकल मार्फत ‘क्यूआरटी’ क्विक रिस्पोन्स टिम परिचालन गरेको छ ।

जिल्लामा अपराध निराकरणको लागि घटना घटेको जानकारी पाउने वित्तिकै घटनास्थलमा पुग्नको लागि बाँके प्रहरीले नेपालगञ्जमा १६ वटा मोटरसाईकल मार्फत क्यूआरटी क्विक रिस्पोन्स टिम परिचालन गरेको जनाएको छ ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले नेपालगञ्जको धम्बोझी चोकबाट सोमबार साँझ औपचारिक रुपमा क्यूआरटी क्विक रिस्पोन्स टिमलाई परिचालन गरेका हुन । उनले नेपालगञ्जमा १६ वटा र जिल्ला भरी ३० वटा मोटरसाईकलमा क्विक रिस्पोन्स टिम परिचालन हुने बताए ।


उनले भने–‘ घटना स्थलमा पुग्न सहज हुने भएको कारण मोटरसाईकलमा क्यूआरटी परिचालन गरिएको हो ।’ उनले पर्वको बेलामा विषेश सुरक्षा रणनीति अपनाउनको लागि क्विक रिस्पोन्स टिमलाई परिचालन गरिएको बताए ।

Next Post

भेरी अस्पतालको परीक्षणमा ५१ संक्रमित थपिए

२६ आश्विन २०७७, सोमबार १७:४५
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेसहित थप ५१ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालले सोमवार बेलुकी जारी गरेको सूचनाअनुसार बाँके, बर्दिया, सुर्खेत, कैलालीलगायतका जिल्लाका ५१ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका ३ सय १ जनाको नमुना मध्ये ५१ जनामा […]

सम्बन्धित