पराराष्ट्रमन्त्री डा राणा र दक्षिण एशियाली विश्वविद्यालयका अध्यक्ष प्रा अग्रवालबीच दिल्लीमा शिष्टाचार भेट

सदरलाइन संवाददाता ७ भाद्र २०८१, शुक्रबार ११:५९
 

दिल्ली (भारत) : नेपालका परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नयाँदिल्लीमा स्थापना भएको दक्षिण एशियाली विश्वविद्यालयका अध्यक्ष प्रा के के अग्रवालले नयाँदिल्लीको शेराटन होटलमा शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा विश्वविद्यालयका अध्यक्ष प्रा अग्रवालले विश्वविद्यालयमा जारी पाठ्यक्रम र अन्य गतिविधिका बारेमा परराष्ट्र मन्त्री डा राणालाई जानकारी गराएका थिए ।

प्राध्यापक अग्रवालले यो विश्वविद्यालय भारत, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, नेपाल, पाकिस्तान, श्रीलङ्कालगायत सार्कका सबै सदस्य राष्ट्रको सञ्चालनमा रहेको यो दक्षिण एसियाकै पहिलो र एक मात्र विश्वविद्यालय भएको बताए ।

प्राध्यापक अग्रवालका अनुसार विश्वविद्यालयमा प्राध्यापन गर्ने प्राध्यापक तथा विद्यार्थी सार्क सदस्य मुलुकका भएकाले क्याम्पसको वातावरणलाई विविधतामा एकताको रङले रङ्गिएको छ । सार्क मुलुकका सामाजिक, आर्थिक र भौगोलिक समस्या समाधानमा केन्द्रित रहेर इन्स्टिच्युट अफ साउथ एसियन स्टडिजमा यस्ता कोर्स सञ्चालन गर्न लागिएको प्राध्यापक अग्रवालले बताए ।

परराष्ट्रमन्त्री डा.राणाले एसएयुका अध्यक्ष प्रा अग्रवाललाई बधाई दिँदै सदस्य देशबीचको सम्बन्धलाई प्रबद्र्धन गर्ने सेतुको रुपमा रहेको यस अन्तर्राष्ट्रिय विश्वविद्यालयको ‘नलेज विदाउट बोर्डर्स’को अवधारणाको प्रशंसा गरिन ।

दक्षिण एसियाली विश्वविद्यालयलाई सम्बोधन गर्दै उनले दक्षिण एशियाली विश्वविद्यालय सार्क राष्ट्रका लागि शिक्षाको ज्योति भएको बताउदै आफु चाँडै नै विश्वविद्यालयको भ्रमणका लागि नयाँ दिल्ली आउने बताईन ।

उनले शिक्षाका हिसाबले एसएयुलाई विश्व मानचित्रमा ल्याउन प्राध्यापक अग्रवालले गरिरहेको प्रयासको सराहना गर्दै सार्क राष्ट्रको आवश्यकतालाई ध्यानमा राखेर प्राज्ञिक अनुसन्धान गर्न सुझाव दिईन । परराष्ट्रमन्त्री डा. राणाले विश्वविद्यालयको प्रतिष्ठा उकास्न र यहाँ अध्ययनरत विद्यार्थीको हितमा जे जति सहयोग हुन्छ, त्यसलाई नेपालले गम्भीरताका साथ हेर्ने बताइन् ।


परराष्ट्रमन्त्री बनेपछि पहिलो पटक भारत भ्रमणमा आएकी आरजु राणा देउवालाई प्राध्यापक अग्रवालले दक्षिण भारत र उत्तर भारतको सांस्कृतिक समृद्धिझल्कने परम्परागत शाल, मणिमाला र स्मृति चिन्ह प्रदान गरेका थिए ।

परराष्ट्र मन्त्री डा राणासँगको भेटमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका अधिकारीको पनि उपस्थिति थियो ।

डा. ओपी यादव (जनसम्पर्क तथा सूचना अधिकारी, साउथ एशियन यूनिवर्सिटी) को सहयोगमा 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तनहुँको ऐना पहरामा बस दुर्घटना, १६ जनाको उद्दार, उद्दार कार्य जारी

७ भाद्र २०८१, शुक्रबार ११:५९
तनहुँ :  तनहुँको ऐना पहरामा भएको बस दुर्घटनामा अहिले यात्रुहरुको उद्दार कार्य जारी छ । बस पोखराबाट काठमाण्डौ जाँदै गरेको थियो । प्रहरीको प्रारम्भिक अनुमान अनुसार बसमा ४० जना यात्रु थिए । ती मध्ये १६ जनाको उद्दार गरिएको छ । बाँकी यात्रुको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ । […]