तीन करोड भारू र १५ किलोग्राम सुनसहित तीन नेपाली पक्राउ

सदरलाइन संवाददाता २८ असार २०८०, बिहीबार १४:१९
 

धनगढी : भारतबाट नगद र सुन चोरी गरी घर फर्किरहेका तीन जना नेपाली पक्राउ परेका छन् । बिहीवार नगद र सुन चोरीको आरोपमा तीनै जनालाई भारतीय प्रहरीले तिकुनियाँबाट पक्राउ गरेको बताइएको छ ।

भारतमा चोरी गरेर पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा नम्बर ८ कर्मीडाँडाका शंकर साउँद, उनकी श्रीमती र बर्दिया घर भएका चौधरी थरका व्यक्ति रहेको बताइएको छ ।


कैलाली प्रहरीले यो विषयमा जानकारी नभएको बताएको छ भने सशस्त्र प्रहरी बलले तिकुनियाँको बसपार्कबाट नेपाली नागरिकहरू पक्राउ परेको सुन्नमा आएको तर विस्तृत जानकारी प्राप्त नभएको बताएको छ ।

भारतमा घरेलु कामदारको रुपमा काम गर्ने र त्यसपछि त्यहीँ घरमा चोरी गरेर घर फर्किने गलत धन्धाका कारण सोझा नेपाली मजदुरले भारतमा यातना र अपमान खेप्नुपरेको प्रवासी नेपालीहरूले बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी सरकारद्धारा चार दिनमै पौने ५ अर्ब रकम भुक्तानी

२८ असार २०८०, बिहीबार १४:१९
दाङ : लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम ४ दिनमा ४ अर्ब ७२ करोड ४० लाख रकम भुक्तानी गरेको छ । प्रदेश सरकारले असार महिनाको २० गतेदेखि २४ गतेसम्मको अवधिमा सो रकमको भुक्तानी गरेको हो । जुन कुल बजेटको ११.०८ प्रतिशत हो । आर्थिक वर्ष सकिएर सरकारी खाता बन्द हुनै […]

सम्बन्धित