स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाईने छ  : स्वास्थ्य मन्त्री पौडेल

सदरलाइन संवाददाता २५ श्रावण २०८१, शुक्रबार १७:०६
 

नेपालगञ्ज :  नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता जनाएका छन् ।

नेपाली कांग्रेस बाँकेले शुक्रबार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सबैलाई समेट्ने गरी यसको दायरा फराकिलो बनाउने काम भइरहेको जानकारी दिए ।

उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि केही नयाँ कामहरु गर्ने तयारी भइरहेको जानकारी दिँदै छिट्टै ती कार्यक्रमहरु घोषणा गरिने समेत बताए । आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने योजना पनि सो अवसरमा मन्त्री पौडेलले सुनाए ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा उनले स्वास्थ्यमा नेपाली नागरिकको सहज पहुँच स्थापित गर्ने कार्ययोजनाका साथ सरकार लाग्ने बताए ।


सरकारी र निजी अस्पताललाई व्यवस्थित र नागरिकमैत्री बनाउन तथा अस्पतालहरुमा विरामीको लाइन हटाउने विषयमा आफू सुक्ष्म अध्ययनमा रहेको मन्त्री पौडेलको भनाई छ ।

अर्को फरक प्रसंगमा उनले कांग्रेसलाई आगामी निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने गरी सुदृढ र बलियो बनाउने काममा सबै लाग्नुपर्नेमा जोड दिए ।

पार्टी सभापति गौडेलले गरीब र निमुखा जनताको स्वास्थ्यमा सहज पहुँच पुर्याउने गरी नयाँ ढंगले काम गर्न मन्त्री पौडेले सक्षम हुने विश्वास ब्यक्त गरे ।

भेरी अस्पतालको स्तरबृद्धि, भौतिक पूर्वाधार विकास र जनशक्ति ब्यवस्थापनका लागि मन्त्री पौडेललाई आग्रह गर्दै उनले सुशील कोइराला क्यान्सर अस्पतालमा अहिलेसम्म दरबन्दी नै नभएकोप्रति ध्यानाकर्षण समेत गराए ।

गौडेलले नेपाली जनताले कांग्रेसलाई क्रेडिट दिने गरी स्वास्थ्य क्षेत्रमा नयाँ काम हुने विश्वास समेत ब्यक्त गरे । उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वनको संरक्षणको लागि विगतको दृष्टिकोण बदल्नु पर्नै एमाले महासचिव पोखरेलको सुझाव

२५ श्रावण २०८१, शुक्रबार १७:०६
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले वन क्षेत्रको संरक्षणको लागि विगतको दृष्टिकोण बदल्नु पर्ने बताएका छन । सामुदायिक वन दिवस २०८१ को अवसरमा नेकपा एमाले केन्द्रीय वन तथा वातावरण विभागद्वारा शुक्रबार काठमाडौंमा आयोजित ‘वनको दिगो व्यवस्थापन, समृद्धि तथा जलवायु न्याय’ राष्ट्रिय नीति संवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रकृति र […]