२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण



काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवम् रक्षाबन्धन ग्रहण गरेका छन् ।

राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट निर्धारित साइतमा वैदिक विधिअनुसार रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपतिका आफन्तजनले समेत रक्षाबन्धन ग्रहण गरेको जनाईएको छ ।

प्रकाशित मिति : २०८१ भदौ ३ गते सोमबार
ताजा समाचार