भद्राभित्र रक्षाबन्धन–जनैपूर्णिमा सम्बन्धी कर्मगर्न मिल्छ कि मिल्दैन ?

सदरलाइन संवाददाता २ भाद्र २०८१, आईतवार १७:५७
 

काठमाडौँ : जनैपूर्णिमा अर्थात रक्षा बन्धन पर्व । भाद्र ३ गते सोमवार पूर्णिमा तिथि ४७ घडि १९ पला रहेको छ । घण्टा–मिनेट अनुसार त्यस दिन दिउसो १ः ३१ बजेसम्म भद्रा परेकाले भद्राको समयमा रक्षाबन्धन यज्ञोपवीत धारण गर्न हुने वा नहुने सम्बन्धमा सर्वसाधारणको चासो उत्तिकै रहेको छ ।

यसैबीच धर्मसंस्कृति जानकारहरुले भने राष्ट्र प्रमुख बाहेकका व्यक्तिहरू भद्राको समयमा रक्षाबन्धन यज्ञोपवीतका गर्न रोकिन नपर्ने बताएका छन् ।

नेपाल संस्कृत विश्व विद्यालयका प्राध्यापक डाक्टर बासुदेव खनाल श्रावणशुक्ल पूर्णिमाका दिन ब्रहमुहूर्तमा गरिने श्रवणीस्नानको विशेष महत्व रहेकाले यो दिन स्नान, उपाकर्म नूतन यज्ञोपवीत, ऋषितर्पणी एवं रक्षाबन्धन जस्ता कर्म गर्न भद्राको कारण रोकिन नपर्ने बताउछन् ।

यता नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले राष्ट्र प्रमुख एवम् विशिष्ट व्यक्तिहरूका लागि भने गणस्नान आदि उपाकर्मका समस्त कर्म र रक्षाबन्धनको पूजादि गर्न हुने तर रक्षा सूत्रमात्र बाँध्न नहुने भन्दै भद्रापछि बाँध्नु उचित हुने बताएको छ ।


‘भद्रायां द्वे न कर्तव्ये श्रावणी फाल्गुनी तथा । श्रावणी नृपतिं हन्ति ग्रामं दहति फाल्गुनी । शास्त्रीयवचन उल्लेख गर्दै समितिले भनेको छ ।’ भद्रामा श्रावणी सम्बन्धी काम र होलिकादहनको काम गरेमा श्रावणीको कामबाट राजा अर्थात् राष्ट्रप्रमुख र होलिका दहन गरेमा गाउँ एवं शहरको नाश हुन्छ । यहाँ नृपतिको अर्थ राजा, राष्ट्रप्रमुख राज्यसञ्चालनमा विशिष्ट भूमिका निर्वाह गरी उच्च प्रशासनिक कार्य गर्ने विशिष्ट व्यक्तित्वहरूको बोध हुन्छ ।

समितिले विज्ञप्तिमा उल्लेख गरेको शास्त्रीयवचन कुन वेद, उपवेद वा पुरणामा उल्लेखित हो ? भन्ने विषय भने स्रोत खुलाएको छैन । एनटिभि अनलाइनबाट

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मण्डली स्थापना भएको अवसरमा सरसफाई

२ भाद्र २०८१, आईतवार १७:५७
नेपालगञ्ज  : परमेश्वरको मण्डली विश्व सुसमाचार समाज नेपालगञ्जले आफ्नो स्थापना भएको ६० औ वर्षको अवसर पारेर बृहद सरसफाई कार्यक्रम आयोजना गरेको छ । मण्डलीका स्वयमसेवकले नेपालगञ्जको पुष्पलाल चौक आसपासमा बृहद सरसफाई गरेको परमेश्वरको मण्डली विश्व सुसमाचार समाज नेपालगञ्जका प्रमुख विकास अधिकारीले जानकारी दिए । उनले ८ हजार २ सय ५३ […]