२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

अन्तरबिद्यालय छात्र–छात्रा दौड सम्पन्न



नेपालगञ्ज  : नेपाल खेलकुद महासंघ बाँकेद्वारा आयोजना गरेको अन्तरबिद्यालय छात्र–छात्रा दौड प्रतियोगिता सम्पन्न भएको छ ।

४६ औं पुष्पलाल स्मृति दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको थियो । बाँकेको खजुरा गाउँपालिका वडा नम्वर २ सि गाउँ चौधरीपुर भट्टा चोकदेखि सुरु भएको दौड अमर माबि गौतम बस्तीसम्म तय गरिएको थियो ।

जिल्लाका करिव २० वटा बिद्यालयका छात्र–छात्रा सहभागीता रहेको कार्यक्रममा अमर माध्यामिक बिद्यालयका खेलाडीे सुमन सुनार र बिनिता परलामीले प्रथम स्थान हाँसील गरेका थिए ।

छात्रतर्फ क्रमश जय जनता माध्यामिक बिद्यालय नेपालगन्ज २० नयाँबस्तीका रुपेभ थारु द्धितिय स्थान, आदर्श माध्यामिक बिद्यालय खजुराका प्रशान्त गुरुङ्गले प्राप्त गरेका थिए ।

त्यसैगरि छात्रतर्फ जीवन ज्योती माध्यामिक बिद्यालयकी छात्रा शिवानी बिकले द्धितिय स्थान र सोही बिद्यालयकी मनिषा बिकले हाँसील गरेका थिए ।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेले रु ३,हजार द्वितिय स्थान प्राप्त गर्नेले रु २ सय, तृतीय स्थान प्राप्त गर्नेले एक हजार र सान्त्वना रु ५ सय रुपैयाँ २/२ जना छात्र–छात्रालाई दिनुका साथै प्रमाण पत्र र मेडलहरु प्रदान गरिएको थियो ।

नेपाल खेलकुद माहासंघ स्थाई कमिटी सदस्य तथा लुम्विनी इन्चार्ज,नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य किष्णा पाठक प्रमूख अतिथि रहेको कार्यक्रममा ,नेकपा एमाले जिल्ला कमिटी सचिव बलराम भट्टराई बिशिष्ठ अतिथी रहेका थिए ।

माहासंघका अध्यक्ष होम सुनारको अध्यक्षतामा संचालित कार्यम्रममा खजुरा गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष धनिराम वली, लुम्बिनी प्रदेश खेलकूद बिकास समिती सदस्य डि.बी. तामाङ्ग,खजुरा गाउँपालिका खेलकूद बिकास समिती सदस्य सचिव,नेकपा एमाले नेपालगञ्ज उपमाहानगर कमिटी अध्यक्ष मोहीत शाह, नेकपा एमाले खजुरा गाउँपालिका अध्यक्ष देवीराम खनाललगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : २०८१ साउन १५ गते मंगलबार
ताजा समाचार