लुम्बिनीमा एमालेबाट आचार्य मुख्यमन्त्री बन्ने तयारीमा

सदरलाइन संवाददाता ७ श्रावण २०८१, सोमबार १६:०९
 

दाङ्ग :  सत्ता सामकरणमा आएको परिवर्तनका असर प्रदेशमा पनि परेको छ । त्यसै अनुरुप लुम्बिनी प्रदेशको मुख्यमन्त्री जोखबहादुर महराले राजिनामा दिएपछि अब लुम्बिनीको मुख्यमन्त्रीमा एमालेले संसदीय दलका उपनेता चेतनारायण आचार्य हुने भएका छन् ।

नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि बढाउने निर्णय गरेसँगै आज मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारी छ ।

‘मुख्यमन्त्रीमा दलका उपनेता चेतनारायण आचार्यलाई अघि बढाउने निर्णयानुसार आज ५ बजे दाबी पेश हुने तयारी छ’– प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले भने–‘केन्द्रको निर्णयानुसार मुख्यमन्त्रीमा दलका उपनेता आचार्यलाई अघि बढाउने कुरा भएको छ ।’


यसअघि संसदीय दल नेता लिला गिरी मुख्यमन्त्री बन्ने जानकारी गराइए पनि अन्तिममा आएर मुख्यमन्त्रीको उम्मेदवार फेरिएको छ । आचार्यको नेतृत्वमा सरकार बनाउने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेतक चौधरीले जानकारी दिए ।

अर्घाखाँची निर्वाचित क्षेत्र १ (१) बाट निर्वाचित सांसद आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री भएका थिए ।

त्यसपछि लिला गिरी नेतृत्वको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री, माओवादी नेता जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए ।

प्रदेश प्रमुखले सरकार बनाउन आज साँझ साढे ६ बजेसम्मको समय दिएका छन् । साढे ५ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर दाबी पेश गर्ने तयारी छ । उता दलका नेता लिला गरीले यो निर्णय प्रति असन्तुष्टी जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साउने ब्रतालुलाई निःशुल्क प्राथमिक उपचार तथा पिउनेपानी बितरण

७ श्रावण २०८१, सोमबार १६:०९
नेपालगञ्ज : साउन महिनाको पहिलो सोमबारको अवसरमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा पूजाआजा गर्न आउने श्रद्धालुलाई लक्षित गरी निशुल्क पिउने पानी बितरण गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय बाँकेको सहकार्यमा नि.शुल्क बागेश्वरी मन्दीरमा आउने श्रद्धालुलाई लक्षित गरी प्राथमिक उपचार, स्वास्थ्य परामर्श तथा खानेपानी बितरण […]

सम्बन्धित