महोत्सवको व्यवस्थापन अस्तव्यस्त पूर्व अध्यक्ष तथा आगन्तुक पाहुनाको उपेक्षा

१३ माघ २०७४, शनिबार २०:४२
 

सदरलाइनडटकम 
१३ माघ, नेपालगन्ज :  नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा सडक विभाग परिसरमा आयोजित प्रादेशिक महोत्सव–२०७४ मा संघका पूर्व नेतृत्वहरुको उपेक्षा भएको छ । व्यवस्थापकिय त्रुटीका कारण संघमा महत्वपूर्ण योगदान दिएका व्यक्तिहरु टिकट लिएर मञ्चको बाहिरै उभिएका थिए ।
व्यवस्थापकिय कमजोरीको कारण स्टेजको बाहिरी घेरामा रहेका प्राईभेट सेक्युरिटी एजेन्सीका गार्डहरु आयोजकले बोलाएका अतिथीलाई भित्र पस्नै नदिएर घचट्ने गरेको कारण उनीहरु अपमानित महशुस गरी फर्केका थिए ।
मञ्चको अगाडि विशिष्ट पाहुना तथा पूर्व पदाधिकारीको लागि स्थान तोकीएको भए पनि सो स्थानमा पदाधिकारी निकट व्यक्तिले खचाखच भरिएको थियो । बोलाएका केही पाहुना भित्र पस्न नै नपाएको कारण केही बाहिरै उभिएका थिए ।
गत माघ ११ गतेदेखि सुरु भएर २२ गतेसम्म सञ्चालन हुने सो प्रादेशिक महोत्सवमा व्यावसायको प्रबद्र्धन भन्दा पनि बढी सांस्कृतिक कार्यक्रमलाई प्राथामिकतामा राखिएको कारण कार्यसमितिका पदाधिकारी र सुरक्षाको लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु सुरक्षा भन्दा पनि सास्कृतिक कार्यक्रममै बढी केन्द्रीत भएको कारण व्यवस्थापन पक्षमा कमजोरी देखिएको हो ।
शनिबार दिउसो करिव २ बजेतिर प्रदर्शनीस्थल पुगेका नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य दामोदर आचार्य मञ्चतर्फ जानै पाएनन् । माहोत्सवको मुल सल्लाहकार समितिका सदस्य समेत रहेका आचार्यले प्रदर्शनी स्थल प्रवेस गर्दा सुरक्षाको लागि खटिएका प्राईभेट एजेन्सीका सुरक्षाकर्मीले उनलाई रोकेपछि उनी भित्रै गएनन । उनलाई करिव एक घण्टापछि कार्यसमितिका द्वितिय उपाध्यक्ष दुर्गा भण्डारी, प्रचार संयोजक बसन्त लामिछाने, कार्यान्वयन समितिका सदस्य नायारण ज्ञवाली लिन आए पनि जान मानेनन् । ‘ सबैले उभिएर आनन्द लिनु भएको छ । मपिन उहाँहरु संगै उभिएर आनन्द लिएको छु ’–पूर्व अध्यक्ष आचार्यले भने ।
शनिबार बिदाको दिन भएकोले पनि बढी भिडभाड भएको कारणले व्यवस्थापकिय पक्षमा ध्यान दिन नसकेको महोत्सव मुल आयोक समितिका संयोजक नन्दलाल बैष्यले बताए । उनले भने– ‘बढी भिड भएको कारणले बोलाएका सबै पाहुनाको ख्याल गर्न ध्यान पुग्न सकेन होला आगामी दिनमा सुधार गर्ने छौ ।’ उनले पूर्व अध्यक्ष आचार्यले सचिवालयमा सम्पर्क नगरेको कारण प्रवेस पास नबनेको र सचिवालयका कसैलाई जानकारी नै नदिई टिकट काटेर प्रवेश गरेको कारण मञ्चमा जान सुरक्षाकर्मीले रोकेको हुनसक्ने बताए ।
यसैगरी मेलामा रिर्पोटिङ्गको लागि पुग्ने सञ्चारकर्मीलाई कुनै पनि व्यवस्था गर्नेतर्फ हेक्का नै नगरिएको पाईएको छ । सधैका महोत्सवमा सञ्चारकर्मीको लागि छुट्टै व्यवस्था गरिदै आएकोमा यसपटक भने सञ्चारकर्मीको लागि कुनै व्यवस्था नै गरिएको छैन ।

 

Next Post

जनमतद्वारा वृहद् रक्तदान, ८ महिलासहित ६० जनाले गरे रक्तदान

१३ माघ २०७४, शनिबार २०:४२
सदरलाइनडटकम १३ माघ नेपालगन्ज :  जनमत अद्र्ध साप्ताहिकको आयोजनामा नेपालगन्जमा आयोजित वृहद् रक्तदान कार्यक्रममा ८ जना महिला सहित ६० जनाले रक्तदान गरेका छन् । जनमतले हिमालयन बैंक लिमिटेड नेपालगन्ज शाखा तथा सो बैंकको कर्मचारी संगठनसंगको सहकार्यममा वृहद् रक्तदान कार्यक्रमको आयोजना गरेको हो । जनमतको रजत वर्ष–२०६३ देखि ‘रक्तदान जीवनदान’को उद्देश्यका […]