खजुरास्थित कृषि अनुसन्धानका मजदुरहरु आन्दोलित

सदरलाइन संवाददाता १४ कार्तिक २०८०, मंगलवार १४:०८
 

नेपालगञ्ज : बाँकेको खजुरा स्थित जानकी गाउँपालिका ४ मा रहेको कृषि अनुसन्धान निर्देशनालयमा मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । ज्यालादारीमा काम गर्दै आइरहेका मजदुरहरु ज्याला वृद्धिको मागसहित आन्दोलन गरिरहेका छन् ।

अखिल नेपाल कृषि मजदुर संघ बाँके कृषि अनुसन्धान निर्देशनालयमा हाल पाइरहेको भन्दा ज्याला बढाउन माग गर्दै आन्दोलनमा आउन परेको इकाई कमिटि अध्यक्ष कृष्ण माया गुरुङ्गले जानकारी दिइन् । हाल ५७७ दैनिक ज्याला मजदुरहरुले हाजिरी अनुसार पाइरहेकोमा अबका दिन देखि राजपत्रमा उल्लेखित ६६८ पाउनुपर्ने माग राखेका हुन् ।


यो संगै मजदुरहरुले ज्यामिको हप्तामा ६ दिन काम अनिवार्य हुनुपर्ने, सामाजिक सुरक्षा लागु गरिनुपर्ने, ज्यामिको पहिचान (परिचय पत्र)को व्यवस्था गरिनुपर्ने माग सहित अनिश्चतकालिन आन्दोलनमा मजदुरहरु उत्रिएको इकाई कमिटी अध्यक्ष गुरुङ्गले बताइन् । मजदुरहरुको ज्याला वृद्धि नगरिए दैनिक हुने कामकाज बन्द गर्ने, कार्यालय घेराउ गर्ने, कार्यालय बाहिर शान्तिपुर्ण आन्दोलन जारी राख्ने लगाएतका क्रियापलाप गरिने गुरुङ्गले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका पत्रकार खान भारतको कानपुरमा सम्मानित

१४ कार्तिक २०८०, मंगलवार १४:०८
नेपालगञ्ज : बाँकेका पत्रकार सिराज खानलाई भारतको कानपुरमा आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा सम्मानित गरिएको छ । इन्डियन जर्नलिस्ट एशोसियसनको राष्ट्रिय समितिद्वारा भारत उत्तर प्रदेशको आर्थिक केन्द्र कानपुरमा सोमवार आयोजना गरिएको वर्तमान परिपेक्षमा पत्रकारहरुको भुमिका विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सम्मान गरिएको हो । इन्डियन जर्नलिस्ट एशोसियनका राष्ट्रिय अध्यक्ष सेराज अहमद कुरैशी, […]