बाँकेमा शनिवार ११ संक्रमित थपिए, ११ डिस्चार्ज

सदरलाइन संवाददाता २६ भाद्र २०७८, शनिबार १६:५२
 

नेपालगञ्ज : बाँकेमा शनिवार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीनवटा प्रयोगशालामा १६५ नमुना परीक्षण गर्दा थप ११ जनामा संक्रमण पुष्टि भएको हो । भेरीमा ९ जना र बागेश्वरी प्रयोगशालामा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

कोहलपुर मेडिकल कलेजको प्रयोगशालामा ३५ नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएन । संक्रमण पुष्टि भएका मध्ये बाँकेका ५ जना छन् ।

यस्तै शनिवार थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ९७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सामूहिक बलात्कारको अभियोगमा ३ पक्राउ

२६ भाद्र २०७८, शनिबार १६:५२
दाङ : दाङ प्रहरीले १७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ । पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका–७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तीजको […]