नेपालगञ्ज : साउन महिनाको पहिलो सोमबारको अवसरमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा पूजाआजा गर्न आउने श्रद्धालुलाई लक्षित गरी निशुल्क पिउने पानी बितरण गरिएको छ ।
नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय बाँकेको सहकार्यमा नि.शुल्क बागेश्वरी मन्दीरमा आउने श्रद्धालुलाई लक्षित गरी प्राथमिक उपचार, स्वास्थ्य परामर्श तथा खानेपानी बितरण गरिएको हो ।


साउन महिनाको सोमबार हिन्दू धर्मावलम्बिहरु नजिकको शिवालय वा शिव मन्दीरमा विषेश पूजा आजा गर्ने उद्देश्यले मन्दिर र शिवालयहरुमा घुईचो लाग्ने गरेको छ ।