प्रजिअद्वारा आइसोलेशन सेन्टरको अनुगमन

सदरलाइन संवाददाता १२ आश्विन २०७७, सोमबार १८:०५
 

कोहलपुर : बाँकेमा कोरोना भाईरसको संक्रमण फैलिँदै बढ्दै गएपछि आइसोलेशन सेन्टर र कोभिड १९ युनिटको सोमवार अनुगमन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको नेतृत्वमा कोहलपुर नगरपालिकाले ब्यवस्थापन गरेको आइसोलेशन सेन्टर र मेडिकल कलेज कोहलपुरअन्तर्गत कोभिड १९ युनिटको अनुगमन गरिएको हो ।


प्रमुख जिल्ला अधिकारी कुरूम्वाङ र नेपाली सेनाका कर्णेल नकुल थापाले कोहलपुर नगरपालिकाबाट स्थापना गरि सञ्चालनमा ल्याइएको १० बेडको आइसोलेशन सेन्टर र नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालले सञ्चालन गरेको कोभिड १९ यूनिटको अनुगमन तथा निरीक्षण गरेका हुन् ।

अहिलेसम्म बाँकेमा स्थापना गरिएका आइसोलेशन र क्वारेन्टिनको यसरी सरकारी तवरबाट अनुगमन हुन सकेको थिएन् ।

Next Post

सिद्धार्थ राजमार्गको स्तरोन्नती बारे मन्त्री अर्याल र स्याङ्जाका जनप्रतिनिधि बीच छलफल

१२ आश्विन २०७७, सोमबार १८:०५
काठमाडौं :  भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सिद्धार्थ राजमार्गको स्तरोन्नती तथा विस्तारका सम्बन्धमा स्याङ्जा जिल्लाका जनप्रतिनिधिहरुसँग छलफल गरेकी छन् । सिद्धार्थ राजमार्गको बिस्तारका सम्बन्धमा देखिएका समस्याबारे मन्त्री अर्यालको गृहजिल्ला स्याङ्जाबाट आएको जनप्रतिनिधि तथा सरोकारवाला सम्मिलित डेलिगेशन टिमसँग सडक विभागका महानिर्देशक तथा अर्थ मन्त्रालयको सहसचिव समेतको उपस्थितीमा […]