मदनबाबा भक्तिकेन्द्र लुम्बिनीमा मन्जु जिएम

सदरलाइन संवाददाता ६ असार २०८१, बुधबार १८:४५
 

नेपालगञ्ज : मदनबाबा भक्तिकेन्द्रको लुम्बिनी प्रदेश सम्मेलनले लुम्बिनी प्रदेश समितिको नेतृत्वमा मन्जु जिएमलाई चयन गरेको छ ।

श्रद्धेय सद्गुरुदेव मदनबाबाको ४५औं जन्मोत्सवको शुभ अवसरमा तुलसीपुर उपमहानगरपालिका–१९ स्थानगाउँमा भएको लुम्बिनी प्रदेश सम्मेलनले अध्यक्ष लगायत ११ सदस्य सर्वसहमतिले चयन गरि पुर्ण बैठकमा जिम्मेवारी बाँडफाँड गरेको हो ।

समितिको उपाध्यक्षमा बबिता राजभण्डारी बाँके, सचिव जिवा बुढाथोकी प्युठान, कोषाध्यक्ष पुष्पा थापा बर्दिया चयन भएका छन । यसैगरी कार्यसमितिको सदस्यहरुमा आनन्दराम थारु बर्दिया, सिता शर्मा बाँके, उमा ढकाल रुपन्देही, प्रेमप्रसाद ढकाल नवलपरासी, सिता विसी. बाँके, मन्जु सुवेदी रिमाल बाँके र तिलसरा खत्री बर्दियालाई जिम्मेवारी बाँडफाँड गरिएको हो ।


मदनबाबा भक्तिकेन्द्रको विधान बमोजिम १५ सदस्यीय समिति गठन हुने व्यवस्था रहेकोले बाँकी सदस्य आवश्यकता बमोजिम थप गरिनेछ ।

नव गठित समितिका अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरुलाई सद्गुरुदेव मदनबाबाले आशिर्वाद दिदै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । संस्थागत नीति निष्ठापूर्वक अवलम्बन गर्दै सत्य मार्गमा सदा अगाडि बढ्ने उनको मार्गनिर्देश रहेको थियो ।

भक्तिकेन्द्र केन्द्रीय समितिका अध्यक्ष शारदा तिवारी, उपाध्यक्ष अगानी चौधरी, महासचिव निशा राना, सदस्य भरतमणी चौधरी र चन्द्र (गोपाल) बहादुर सोनी, केन्द्रीय सल्लाहकार पुरन चौधरी लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी खेलकुद परिषद सदस्य सचिवमा दाङ्गका गौतम नियुक्त

६ असार २०८१, बुधबार १८:४५
दाङ्ग :  लुम्बिनी प्रदेश सरकारले प्रदेश खेलकुद परिषदमा नयाँ नेतृत्व नियुक्त गरेको छ । बिहिबार बसेको प्रदेश मन्त्रीपरिषदले सदस्य सचिवमा दाङका तिरण गौतमलाई नियुक्त गरेको हो । बैठकले नियुक्त गरेको ३ जना सदस्यहरु मध्यबाट परिषदको अध्यक्षका हैसियतले प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्रीले सदस्य सचिवमा गौतमलाई नियुक्त गरेका हुन् […]