नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सम्पन्न

सदरलाइन संवाददाता २७ असार २०८१, बुधबार १८:५७
 

काठमाडौं :  नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बुधबार सम्पन्न भएको छ । बैठकमा एमाले र नेपाली कांग्रेस बिच भएका सहमतिका बारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जानकारी गराएका थिए ।

उनले दुई दल बिच देशलाई स्थिरता दिने विषयमा सहमति भएको जानकारी बैठकमा गराएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकमा यस बाहेक पार्टीका नेताहरूको जिम्मेवारी हेरफेरको मापदण्डका विषयमा पनि बैठकमा छलफल भएको छ । पार्टीका केन्द्रीय सदस्यलाई यस अघि दिइएको अन्तर जिल्ला जिम्मेवारी फिर्ता गर्ने बैठकले निर्णय गरेको छ ।

‘एक वर्षअघि पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई सम्बन्धित भूगोलभन्दा बाहिर पठाएका थियौँ, अब आफ्नै भूगोलमा फर्काइनेछ’, बैठक पछि उपमहासचिव ज्ञवालीले भने ।

बैठकले केन्द्रीय सदस्यको कार्यक्षेत्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा हुने मापदण्ड तयार गरिएको छ । यसअघि पालिका इन्चार्ज बनेका केन्द्रीय सदस्यको कार्यक्षेत्र निर्वाचन क्षेत्र हुने भएको छ ।


अब प्रदेश कमिटी सदस्यहरू पालिकाका इञ्चार्ज हुने छन् । त्यस्तै जिल्ला कमिटी सदस्य वडा इञ्चार्ज वडाका सदस्य टोल कमिटी इञ्चार्ज टोल कमिटी सदस्य पार्टी सदस्यसम्म पुग्ने गरी संयन्त्र निर्माण गरिने भएको छ । नेताहरूको कार्य विभाजन भने केही पछि हुने भएको छ ।

बैठकले प्रदेश कमिटीले अनुमोदनको लागि पठाएका केही प्रस्ताव पनि अनुमोदन गरेको उनले जानकारी दिए ।

बैठकले सबै जिल्लामा साउन मसान्तसम्म सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ । भदौसम्ममा केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गराइसक्नु पर्ने निर्देशन दिएको उनले बताए ।

अधिवेशन गर्न बाँकी ११ वटा जिल्लाका अधिवेशन आउने कात्तिक भित्र सकिसक्नु पर्ने निर्णय बैठकले गरेको छ । ती कमिटीलाई संगठन कमिटीका रूपमा रूपान्तरण गरिएको उनले जानकारी दिए ।

यसैगरी पार्टीको सहकारी तथा गरिबी निवारण विभागको रिक्त रहेको सचिवको जिम्मेवारी परितोष पौडेललाई दिने बैठकले निर्णय गरेको छ । यसैगरी भूमि व्यवस्था विभागमा विजय सुवेदीलाई सचिव तोक्ने निर्णय बैठकले गरेको ज्ञवालीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप जारी

२७ असार २०८१, बुधबार १८:५७
काठमाडौं :  नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यहि असार २८ गते विहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रधानमन्त्रीले प्रस्तुत गर्ने प्रतिनिधि […]