नेपाल यएरलाईन्सको उडान रद्द हुँदा बाँकेका हजयात्री नेपालगन्ज विमानस्थलमा अलपत्र

४ श्रावण २०७६, शनिबार १८:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज   :  नेपाल एयरलाईन्सको नेपालगञ्ज काठमाण्डौको नियमित उडान रद्द हुँदा बाँकेबाट साउदी अरबको मक्का मदिनामा हज गर्न जाने करिव १५ जना हज यात्री नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका छन् ।
नेपाल एयरलाईन्सको नियमित उडानबाट शनिबार ११ः ५० को उडानबाट काठमाण्डौ जानको लागि करिव २० दिन अघि टिकट लिएका हजयात्री नेपाल एयरलाईन्स विमानको उडान रद्द हुँदा अलपत्रमात्र परेनन चरम आर्थिक शोषणमा समेत परेको गुनासे गरेका छन् ।
घरबाट साईत गरी बिदावारी भएर काठमाण्डौ उडानका लागि नेपालगञ्ज विमानस्थल पुगेका हजयात्रीहरु बोर्डिङ्ग पास लिने बेलामा नेपाल एयरलाईन्सको विमानमा प्रविधिक समस्याका कारण उडान रद्द भएको जानकारी गराईएपछि १५ जना हजयात्री र उनका आफन्त ५ जना नेपालगन्ज विमानस्थलमा अलपत्र परेको हजयात्री मोहम्मद उमरले बताए ।
उनले असार १६ गते ३ हजार २ सयको टिकट लिएका थिए । विमानको उडान प्रविधिक कारण रद्द भएको जानकारी पाउने वित्तिकै अरु निजि विमानको टिकट लिन खोज्दा सहुलियत दरको टिकट छैन जाने भए पुरा भाडाको टिकट छ भन्ने जवाफ पाएपछि आफु अनावश्यक आर्थिक शोषणमा पर्नु परेको दुखेसो गरे ।
उनले भने–‘नगई भएको छैन । नेपाल एयरलाईन्सले उड्ने बेलामा प्राविधिक कारण भन्दै उडान रद्द गरिदियो अरु विमानबाट जाउ भने भाडा तीन गुणा महंगो छ ।’
विमानस्थलमै भेटिएका हजयात्रीका आफन्त सलाहुद्दिन जसगढले दुखेसो नेपाल एयरलाइन्सको विमान क्यान्सील हुँदा प्राईभेट विमानले पनि सहुलियत दरको टिकट लुकाएर फुल टिकटमात्र सो गर्दा लिएको टिकटको तीन गुना तिर्न बाध्य पारी मुस्लिम समुदाय प्रति निजि विमान सञ्चालकले लुट मच्चाएको आरोप लगाए । उनले भने–‘ बिमनस्थल आउदा मात्र नियमित उडान रद्द भएपछि अन्य निजि विमानको टिकट लिन खोज्दा सहुलियत दरको टिकट लुकाई सबैमा फुल टिकटमात्र सो गरेर नेपालगन्जका हजयात्रीलाई ठग्ने काम भयो ।’
हजयात्रीलाई आईतबार विहान १० बजे केन्द्रीय हज कमिटीमा सम्पर्क राख्नको लागि बोलाईएको कारण उनीहरु शनिबार काठमाण्डौ जानको लागि गत असारको १६ गते नेपाल एयरलाईन्सको सिटि अफिस नेपालगन्जबाट काठमाण्डौको लागि टिकट लिएर आफुले धोका पाएको हज यात्री असगर अलीले गुनासो गरे ।
उनले नेपाल एयरलाईन्सको ३ हजार २ सयको टिकट लिएको र उडान रद्द भएपछि नीजि विमानको टिकट लिन खोज्दा ९ देखि १० हजारसम्मको मात्र भएको त्यो पनि पाउने होकी होईन भन्ने दोधारमा परेको बताए ।
उनी जस्तै आईतबार बिहान काठमाण्डौको केन्द्रीय हजकमिटीमा अनिबार्य उपस्थिति हुने १५ जना हज यात्री र उनीहरुका आफन्त ५ जना विमानको उडान रद्द हुदा अलपत्र परेका हुन ।
यसैबीच नेपाल एयरलाईन्स नेपालगन्ज विमानस्थलका स्टेशन प्रमुख शंकर केसीले विमान विराटनगर उडान गरेको बेलामा विराटनगरमा प्रविधिक समस्या आएको कारण फलाईट क्यान्सिल गर्नुपरेको जानकारी दिए । उनले आफुहरुले टिकट क्यान्सिल गरी अन्य निजी विमानबाट जानको लागि सहजिकरण गर्नमात्र सक्ने बताए ।

Next Post

थारु पत्रकार संघ बाँकेको नेतृत्वमा भगतराम

४ श्रावण २०७६, शनिबार १८:५०
सदरलाइनडटकम, नेपालगञ्ज : थारू पत्रकार संघ नेपाल बाँकेको अध्यक्षमा भगतराम थारू चयन भएका छन् । नेपालगञ्जमा शनिवार सम्पन्न संघको छैठो साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा भगतलाई चयन गरेको हो । अधिवेशनले संघको उपाध्यक्षमा अन्जु चौधरी, सचिवमा सुलोचना चौधरी, सहसचिवमा कृष्ण चौधरी, कोषाध्यक्षमा शम्भु थारू, सदस्यमा लक्ष्मी थारू, रमेश थारू, जागेश्वर […]

सम्बन्धित