प्रेस स्वतान्त्रता सेनानी स्व बैष्यको स्मृति दिवश सम्पन्न

सदरलाइन संवाददाता ७ पुष २०८१, आईतवार १८:४३
 

नेपालगञ्ज,  :  प्रेस स्वतन्त्रता सेनानी स्व. रामगोपाल बैश्य प्रतिस्ठानले प्रेस स्वतन्त्रता सेनानी स्व.बैश्यको सातौं स्मृति दिवस मनाएको छ । आईतबार नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरि प्रतिस्ठानले स्मृति दिवस मनाएको हो ।

सो कार्यक्रममा बोल्ने वक्ताहरुले बैश्यलाई सम्झदै उनले बाँकेको पत्रकारिता क्षेत्रमा अतुललिय योगदान गरेको भन्दै उनको योगदानको चर्चा गरेका थिए । साथै उनिहरुले शंखनाद साप्ताहिकका प्रकाशक तथा सम्पादक समेत रहेका बैश्यले लेख्ने गरेको ‘त्रिभुवन चोक बोल्छ’ भन्ने स्तम्भबारे समेत चर्चा गरेका थिए ।


स्व. वैश्यको प्रोष्टेस्ट क्यान्सरका कारण सात वर्ष अघि उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिस्ठानका महासचिव रुद्र सुवेदीले सन्चालन गरेको कार्यक्रमा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका नवनिर्वाचित अध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, महासचिव भिम रानाभाट, प्रतिष्ठानका अध्यक्ष नन्दलाल बैश्य, उपाध्यक्ष अजय कुमार गुप्ता लगायत अन्य पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यहरुलाई शपथ

७ पुष २०८१, आईतवार १८:४३
देउखुरी :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश खेलकुद परिषदका अध्यक्ष चेतनारायण आचार्यले प्रदेश खेलकुद परिषदका नव नियुक्त सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा सम्पन्न परिषद्को पूर्ण बैठकमा नव नियुक्त सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन । खेलकुद परिषदका सदस्यहरु लेखनाग […]

ताजा अपडेट