बाँकेमा १९ संक्रमित थपिए, ४ डिस्चार्ज

सदरलाइन संवाददाता ९ कार्तिक २०७८, मंगलवार १६:०४
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४८ नमुना परीक्षण गर्दा १९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १२८ नमुना परीक्षण गर्दा १९ जना संक्रमित थपिएका हुन् । बागेश्वरी ल्यावमा २० नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको थियो ।

मंगलवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका १४ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३८६ पुगेको छ ।

यस्तै मंगलवार थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९९७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठूलो परिमाणको ब्राउन सुगरसहित बाँकेमा एक पक्राउ

९ कार्तिक २०७८, मंगलवार १६:०४
नेपालगञ्ज : बाँके प्रहरीले ठूलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहा नाकामा चेकजाँचका क्रममा १५ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगरसहित महादेवस्थान ३ काभ्रेका ३४ वर्षीय मानबहादुर रोका पक्राउ परेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । रोकालाई इप्रका जमुनाहाका इन्चार्ज मीनबहादुर […]